समाज पनि दोषी छ कि ?

काठमाडौँ — यतिबेला नेपाली समाज बलात्कारका एक पछि अर्को घटनाबाट आक्रान्त बनेको छ । नाबालक शिशुदेखि वृद्धहरू पनि असुरक्षित हुँदा समाजमा अनेक थरीका टिकाटिप्पणी भइरहेका छन् ।

समाज पनि दोषी छ कि ?

मानिसहरूको अनेक प्रतिक्रिया आइरहँदा सबैले मनन गर्नुपर्ने कुरा के छ भने महिलामाथि हुने यस्ता जघन्य अपराध केही क्षणको आवेग वा उत्तेजनाले मात्र भएको हुन्छ वा यसमा अन्य कारण पनि रहेको हुन्छ ? बलात्कारको सवालमा पुरुषमात्र दोषी हुन्छ कि त्यो प्रवृत्तिलाई हुर्काउने समाज पनि दोषी हुन्छ ? हाम्रो समाज कहिल्यै पनि महिलामैत्री थिएन । न आज हुनसकेको छ । सती प्रथाजस्तो अमानवीय अवस्था झेल्दै यहाँसम्म आइपुगेका नेपालका महिलाहरू अझ पनि सतीझंै दाइजो नल्याएको निहुँमा जिउँदै जल्न बाध्य छन् । महिनावारी हुँदा आज पनि छाउगोठको अन्धकारमा आफ्नो अस्मिता र ज्यान गुमाउन बाध्य छन् । आज पनि नागरिकता बनाउन जाँदा एकल महिलाका सन्तानले आफ्नो एकल आमाप्रति गर्व गर्नसकेका छैनन् । आज पनि हाम्रो संस्कृति र संस्कारले देवी बनाइएका नारीहरू केही रुपैयाँ दक्षिणा लिएर बाबुआमाको सम्पत्तिलाई तिलाञ्जली दिन बाध्य छन् । छोरो नपाएको निहुँमा आज पनि महिला परिवार र समाजमा प्रताडित छन् । श्रीमानलाई छोरो चाहिएपछि आफ्नो शरीरलाई बन्धकी राखेर भए पनि ऊ एकपछि अर्को सन्तान जन्माउन बाध्य हुन्छे । कता छोरी जन्मिहाल्छे र समाजमा प्रतिष्ठा गुम्छ कि भन्ने डरले पुरुष हरदम चिन्तित हुन्छ । हाम्रो सोचमा नै परिवर्तन नगरी यो समस्या हल हुन गाह्रो छ । कानुनीसँगै मनोवृत्तिमा पनि सुधार उत्तिकै जरुरी देखिन्छ ।
– मनोज लम्साल, देवचुली–३, नवलपुर

प्रकाशित : आश्विन ६, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?