२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

शिक्षक बीचको विभेद

काठमाडौँ — सामुदायिक विद्यालयमा स्थायी, अस्थायी, राहत, करार, अनुदान, ईसीडी, पीसीएफ, निजी लगायत थरीथरीका शिक्षक कार्यरत छन् ।

शिक्षक बीचको विभेद

तर संस्थागत विद्यालयमा भने एकै प्रकारका शिक्षक हुन्छन् । शिक्षकबीच एकरुपता नहुँदा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको सरोकारवालाहरू बताउने गर्छन् । पछिल्लो समय सामुदायिक विद्यालयमा शिक्षक एकरूपकता कायम गर्न सरकारलाई चर्को दबाब आएको छ । लामो समयदेखि अल्झिएको अस्थायी शिक्षकको समस्या समाधान उन्मुख छ । राहत, करार, ईसीडी लगायतका शिक्षकहरूले पनि अस्थायी शिक्षकलाई जस्तै आफूहरूलाई स्थायी गर्नुपर्ने माग राख्दै चरणबद्ध आन्दोलनमा छन् । यसैबीच शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलले राहत शिक्षक कोटालाई दरबन्दीमा रूपान्तरण गर्न प्रस्ताव गरेको छ । कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनमा विद्यालयमा कार्यरत शिक्षकहरूको दरबन्दीमा एकरूपता कायम गर्ने उल्लेख गरिएको छ । आधारभूत तथा माध्यमिक तहमा प्रदान गरिँदै आएको राहत शिक्षक कोटालाई शिक्षक दरबन्दीमा रूपान्तरण गर्दा यसबाट विभिन्न खाले शिक्षक रहने प्रचलनको अन्त्य भई सिकाइमा सकारात्मक प्रभाव पर्ने अपेक्षा प्रतिवेदनले गरेको छ । राहत शिक्षकहरूको आन्दोलन जारी रहेका बेला कार्यदलले तयार पारेको प्रतिवेदनले उनीहरूलाई केही राहत भएको महसुस गरिएको छ । राज्यबाट शिक्षक–शिक्षकबीच गरिँदै आएको सबै खाले विभेदको अन्त्य गर्न नीतिगत व्यवस्था सुनिश्चित गर्न राहत शिक्षकहरू आबद्ध समितिले माग गर्दै आएको छ ।
– लक्ष्मीप्रसाद पंगेनी, कावासोती–३, नवलपरासी

प्रकाशित : आश्विन ६, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?