२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

स्वेदशी लगानीको बेवास्ता

काठमाडौँ — अस्ट्रेलियाली कम्पनी स्मेक र चिनियाँ कम्पनी थ्री गर्जेजले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको सम्झौता गरेर १७ र ७ वर्षसम्म आयोजना ओगटी अन्तमा हात झिके ।

स्वेदशी लगानीको बेवास्ता

यो कुरा सेलाउन नपाउँदै लगानी बोर्ड र भारतीय कम्पनी जीएमआरसँग माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण गर्न २०७१ असोज २ मा भएको आयोजना विकास सम्झौता (पीडीए) बमोजिम कम्पनीले २ वर्षभित्र लगानी जुटाउन गरेको कबोल २ पटक म्याद थप्दा पनि पूरा भएन । बुधबार उक्त म्याद समाप्त भएको छ । अहिले डलर महगिँदो अवस्थामा छ । यो क्रम अझै बढ्नेछ । जति ढिलो भयो, निर्माण लागत त्यति नै बढ्छ । विदेशीमाथिको निर्भरताले यो परिस्थिति सिर्जना भएको हो । देशमा जलविद्युत् विकाससँग सम्बन्धित प्रशस्त जनशक्ति हुँदाहँ‘दै र नागरिकहरू जति पनि लगानी गर्न तयारी अवस्थामा रहँदा पनि लगानी बोर्डको ध्यान नेपाली लगानी लगाउनेतिर किन नगएको होला ?
– महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

प्रकाशित : आश्विन ७, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?