१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अपनत्वविहीन बन्दै जनता

काठमाडौँ — ‘घर नजिकै सिंहदरबार’ घतलाग्दो र समयसान्दर्भिक लाग्यो । शासन व्यवस्थाको बलियो पक्ष लोकतान्त्रिक संस्कार र लोककल्याणकारी राज्य स्थापना हो ।

अपनत्वविहीन बन्दै जनता

२०७२ असोज ३ मा संविधान जारी भएसँगै लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने र मार्गनिर्देशन गर्ने काम बढ्दै गएको छ तर जुन आशा र भरोसामा वर्तमान सरकार स्थापित भएको थियो, त्यस विपरीत आफूले रोजेर शासनमा पठाएकाहरू सेवाभावबाट च्युत बन्दै छन् । न्यूनतम इमानदारी पनि पालना र सैद्धान्तिक हिसाबले मात्र लोकतन्त्रको नाम जप्ने ढोँगीका रूपमा स्थापित हुँदै गएको सत्यलाई लेखले उजागर गरेको छ । जो लोकतन्त्रका माला जप्छन्, आज तिनैबाट लोकतन्त्र र सुशासनका लागि खतरा बढ्दै गएको आशय लेखले गरेको छ । लोकतन्त्रका पोषक तत्त्व सेवा र इमानदारी फितलो बन्दै गएको छ । तीतो यथार्थ अरिंगालहरू पनि प्रधानमन्त्री र उनको शासन शैलीसँग खुसी छैनन् भने चेतनशील प्राणी मानिसले कसरी लोकतान्त्रिक संरचनाको अपनवत्व महसुस गर्लान् ?
– ओमनाथ कडरिया, गोलधाप–१, झापा

प्रकाशित : आश्विन ७, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?