२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

कर्णालीमा समृद्धिको सुवास

काठमाडौँ — मुलुककै मुकुटझैं बनेको कर्णाली प्रदेशमा विकासका सम्भावना गनेर साध्य छैन । रारा र फोक्सुन्डो तालको रमणीय दृश्य, कर्णाली, भेरीको मनमोहक बहाव, शून्यवायु प्रदूषण, स्वच्छ हावापानी एवं खुला क्षेत्र भएकाले स्वदेशी, विदेशी पर्यटक आकर्षित बनिरहेका छन् ।

कर्णालीमा समृद्धिको सुवास

पर्वतीय माराथन, बुस वाकिङ, राफ्टिङ, रिभर वाक, माउन्टेन बाइकिङ, पैदलयात्राजस्ता साहसिक गतिविधिसँग जोडिएका सन्दर्भले कर्णालीको पहिचान उत्कर्षमा पुगेको छ । एकातिर यार्सागुम्बा, जटामसी, सिलाजितजस्ता जडीबुटीका लागि कर्णाली पहिलेदेखि प्रख्यात छ भने अर्कोतिर यत्रतत्र देश विदेशमा बहुमूल्य मानिने पत्थरको खानी पनि भएकाले अर्थोपार्जनको बलियो आधार बन्न पुगेको छ । शुक्रबार प्रकाशित ‘राराको सौगात सिमी र स्याउ’ खबर अर्गानिक कृषि उत्पादन मन पराउने पर्यटकका निम्ति थप आकर्षणको विषय बनेको छ ।
– डा.भुवनेश्वर शर्मा चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : आश्विन ७, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?