हवाई टिकटमा मनपरी

काठमाडौँ — बुबालाई आकस्मिक उपचारार्थ दिल्ली पठाउनुपर्ने भयो । २ दिनपछिको टिकटका लागि २–३ ट्राभल एजेन्सीमा बुझ्दा नेपाल वायुसेवा निगम, जेट एयरवेज र एयर इन्डिगोको एकतर्फी टिकट दर निस्कियो, ९ हजारदेखि १२ हजार रुपैयाँसम्म । त्यही अनुसार पठायौं ।

हवाई टिकटमा मनपरी

एक साता बसेर २ दिनपछिको प्लेनमा फर्किने टिकट खोजी भयो । अनि सुरु भयो, बिचौलिया खेल । ३–४ ठाउँ बुझ्यौँ । मूल्य आयो, २७ हजारदेखि ३८ हजारसम्म । फर्किनैपर्‍यो घर । त्यसमाथि जरुरी काम पनि थियो । बल्ल नेपाल वायुसेवा निगमको २७ हजार रुपैयाँवाला टिकट पाइयो । बुबा प्लेनमा पुग्दा आधाभन्दा बढी सिट खाली थियो । एक त नयाँ प्लेन घाटामै दिल्ली उडाइँदै छ । त्यसमाथि आधाभन्दा बढी सिट खाली । जबकि टिकट पाउनै गाह्रो परेको छ, पाए पनि तेब्बर–चौबर मूल्य । जिम्मेवार को त ? सरकारी निगम भएर सबैको मिलेमतो हो कि ? नियन्त्रण कसले गर्ने ? यहाँ जनताको बाध्यताको पुरापुर फाइदा उठाइँदो रहेछ ।
– भुवन गिरी,चन्दागिरि– ३, काठमाडौं

प्रकाशित : आश्विन ८, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?