कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सिन्डिकेटको मिथ्या दाबी

काठमाडौँ — अघिल्लो साता म काम विशेषले हेटौंडा गएको थिएँ । चारैतिर फराकिला बाटा र सफासुग्घर सहर देख्दा खुसी लागेको थियो । तर फर्केर आउने बेला सवारी साधनको सिन्डिकेट देखेर दु:ख लाग्यो ।

सिन्डिकेटको मिथ्या दाबी

हेटौंडाबाट काठमाडांै कुलेखानी फर्पिङको साँघुरा बाटो आउनुपर्छ । त्यो बाटोमा साना टाटासुमो गाडी चल्ने गर्छन् । गत असोज ४ गते बिहान १० बजे नयाँ बसपार्क पुग्दा गाडी थिए, तर टिकट थिएन । पछि बुझ्दै जाँदा थाहा भयो, जुन कम्पनीको पालो पर्‍यो, उसले मात्र यात्रु बोक्न पाउने, अरूले बोक्न नपाउने रहेछ । पालो परेका गाडीहरू काठमाडौंबाट आइपुगेका थिएनन् । बताइए अनुसार असोज ४ गते मध्यमाञ्चल यातायात कम्पनीको पालो थियो रे । प्रदेशको राजधानीमै यस्तो अव्यवस्था छ भने अन्य दुर्गम ठाउँमा सिन्डिकेट हट्यो भनेर जनताले कसरी विश्वास गर्ने ? सिन्डिकेट चलाउनेहरूलाई सरकारको कुनै डर छैन । सरकारको सिन्डिकेट हट्यो भन्ने दाबी मिथ्या रहेछ ।

– गोपाल देवकोटा,गोकर्णेश्वर– ८, काठमाडौं

प्रकाशित : आश्विन ८, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?