कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

चिकित्सकको नैतिक दायित्व

काठमाडौँ — असोज ६ मा प्रकाशित ‘चिकित्सक जिम्मेवार भएनन्’ शीर्षकको समाचार पढ्दा मन पोल्यो । चितवनको मंगलपुरका ३ वर्षीय सलिन विकलाई विषालु सर्पले डसेपछि अभिभावकले ४ वटा अस्पताल चहार्दा पनि उपचार भएनछ र बालकको मृत्यु भएछ ।

चिकित्सकको नैतिक दायित्व

सर्पदंश जस्तो आपत्कालीन र संवेदनशील अवस्थाको बिरामीलाई तत्काल उपचार गर्नुपर्नेमा चिकित्सकले नैतिक दायित्व निर्वाह नगरेको भनी उजुरी परेछ । छानबिन समिति गठन भएछ । सरकारी अस्पतालका चिकित्सक जिम्मेवार नभएको भन्ने समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

कान्तिपुरमा त्यही दिन ‘डाक्टरकै झुटो रिपोर्ट’ शीर्षकको समाचार छापिएको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका–२ की १२ वर्षीया बालिकालाई छिमेकी २३ वर्षीय किरण खत्वेले बलात्कार गरेको आराप लागेछ । आरोप यकिन गर्न भदौ ९ गते जनकपुर अञ्चल अस्पताल पुर्‍याइएछ । ११ दिनपछि कुनै घाउ र बलात्कार नभएको ठहर सहितको प्रतिवेदन दिइएछ । उता बलात्कारी खत्वेले भने बलात्कार गरेको स्वीकारेका रहेछन् । पुन: स्वास्थ्य परीक्षण गर्न सिरहा अस्पताल पठाइएछ । सिरहा अस्पतालले भने चिथोरेको घाउसहित बलात्कार गरेको ठहर गरेर प्रतिवेदन दिएछ । सगरमाथा अञ्चल अस्पतालमा पनि सर्पदंशको घटनामा त्यस्तै अवाञ्छित घटना सुनिएको छ । समयमै सरकारी अस्पताल पुर्‍याउँदा आईसीयु नभएको बहानामा सम्भव र संवेदनशील उपचार नगरेर अन्यत्र पठाउने, झुटो प्रतिवेदन दिने चिकित्सकको दायित्व कहाँ गयो ? चिकित्सकको यस्तो व्यवहारले स्वास्थ्यसेवा कहाँ पुग्छ ?
– गंगाराज अर्याल,पाणिनि– ८, अर्घाखाँची

प्रकाशित : आश्विन ८, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?