३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पप्पुलाई पुरस्कार

काठमाडौँ — राज्यलाई चुनौती दिंँदै खर्बौंका परियोजना अलपत्र पारेको पप्पु कन्स्ट्रक्सनलाई सरकारले फेरि पुरस्कृत गरेको छ । विवादास्पद पप्पु कन्स्ट्रक्सनले नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणको ठेक्का पाएको छ ।

पप्पुलाई पुरस्कार

यसबाट पुष्टि हुन्छ कि देश समाजवादतर्फ होइन, सत्यनाशतर्फ जाँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न’ भन्ने वाणी कुन कुनामा पाण्डुलिपि भएर बस्यो ? सरकार भने– डुङ्गा दुर्घटना पुल नभएर होइन, चालकको गल्तीले भयो, सम्पन्न नहुँदै पुल भासिनु खोलाको गल्ती थियो । रेल र पानीजहाज १० वर्षपछिको आवश्यकता होला । तर आधारभूत आवश्यकतामा सरकारले प्राथमिकता दिएको पाइँदैन । बेलैमा चेत नखुले नेकपाकै साख गिर्नेछ ।
– कृष्णप्रसाद पौडेल, सनपा–४, अर्घाखाँची

प्रकाशित : आश्विन ८, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?