कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोहोरको अवसर पनि हो

काठमाडौँ — सहर फोहोरले आक्रान्त छ । महानगरले सञ्चालनमा ल्याएको सिसडोलस्थित ल्यान्डफिल साइटको क्षमता समाप्त भइसकेका समाचारले राजधानीबासीलाई बारम्बार झस्काउने गरेको छ ।

फोहोरको अवसर पनि हो

नयाँ साइटको तयारीमा वर्षौं लाग्ने बताइएको छ । जब–जब फोहोर संकलनमा समस्या देखिन्छ, सडकमा लुकिछिपी फोहोर फाल्नेहरूको उपस्थिति त्यति नै बाक्लो हुन्छ । सरकारलाई समस्या पर्दा जनस्तरबाट थोरै सहयोग गरौं भन्ने सोच जनतामा कहिल्यै पलाएन । एकदिन चालकको हडताल हुँदा पेट्रोल पम्पहरूमा सवारी साधनको लाइन र ग्यालेनमा तेल सञ्चय गर्ने होडले हाम्रो सोच र संस्कारलाई उजागर गरिरहेकै हुन्छ । अधिकारका कुरा चर्को रूपमा उठाउनेहरू कर्तव्यमा चुक्दा सर्वत्र समस्या खडा भएको छ ।


आफूलाई काम नलाग्ने वस्तु फोहोर कहलिन्छन् । जुन कुरा उपयोगमा आउँदैन, अनि घरभित्रै राख्न योग्य हुँदैनन्, कुहिने होस् या नकुहिने वस्तु उपयोगशून्य हुन्छ, अनि त्यसलाई हस्तान्तरण
गर्न या बिक्री–वितरण गर्न सकिन्न । त्यही वस्तु फोहोर हो । फोहोर समस्यामात्र होइन, अवसर पनि हो भन्ने चेतना घर–घरमा पुर्‍याउन नसक्नु कमजोरी हो ।
– उत्तम पुडासैनी, जोरपाटी, काठमाडौं

प्रकाशित : आश्विन ९, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?