१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

संवेदनशीलता आवश्यक

काठमाडौँ — नेपालमा हरेक महिना औसत सयभन्दा बढी बलात्कार तथा यौनजन्य हिंसाका घटना प्रहरीमा दर्ता हुने गरेका छन् । वास्तविक घटनाको संख्या धेरै बढी हुने आँकलन छ । केही वर्षयता बलात्कार तथा यौनजन्य हिंसाका घटनाले सञ्चार माध्यममा प्राथकितासाथ स्थान पाउनु सराहनीय छ ।

संवेदनशीलता आवश्यक

सञ्चार क्षेत्रले सामान्यत: पीडितको गोपनीयता कायम गरेको र यस्ता घटनाको उजुरी हुनुपर्छ भनी गरिरहेको प्रयास प्रशंसनीय छ । कतिपय अवस्थामा बलात्कार तथा यौनजन्य हिंसाका समाचारको रिपोर्टिङमा हिंसा पीडित निरीह बालिका तथा महिलाको क्षतविक्षत तस्बिर एवं चित्र प्रयोग र पुन: प्रयोग हुने गरेको छ ।
पीडित अँध्यारामा रुँदै गरेको, डरलाग्दो हातको छाया, फुटेका चुरा, केही थोपा रगत भएका चित्रहरू बलात्कार तथा यौनजन्य हिंसाका घटनाको रिपोर्टिङमा बारम्बार प्रयोग भएको देखिन्छ । यस्ता दृश्यले बलात्कारबाट पीडित निर्बल हुन्छन्, असहाय हुन्छन् । यस्ता घटनाको विरोध गर्न सक्दैनन् भन्ने सन्देश दिन्छन् ।
आम मानिसमा यस्ता चित्र तथा तस्बिरले त्रास सिर्जना गर्छ । यसले पीडितलाई हौसला दिनुभन्दा पनि निरुत्साहित गर्छ, पीडकलाई सधैं आफू माथि परेको महसुस गराउँछ ।
हामीले यसमा बदलाव ल्याउनुपर्छ । महिलाहरू यौनजन्य हिंसाको प्रतिरोध गर्न सक्षम छन् र गरिरहेका पनि छन् । नसक्नेहरूलाई पनि हामीले विरोध गर्न, उजुरी गर्न, न्यायको माग गर्न सघाउनुपर्छ । तसर्थ सञ्चार माध्यममा बलात्कार तथा यौनजन्य हिंसा र घरेलु हिंसाको रिपोर्टिङमा परिमार्जन आवश्यक छ । उदाहरणका लागि यस्ता समाचारमा पीडितभन्दा पनि पीडकको तस्बिर र सांकेतिक चित्र देखाउन सकिन्छ । साथै रिपोर्टिङमा नक्सा र तथ्यांकको विवरण (इन्फोग्राफिक), प्रहरीले घटनाको उजुरी लिँंदै गरेको, न्यायको माग गरी यस्ता घटनाको विरोध गरेको र्‍याली, दबाब कार्यक्रमका तस्बिरहरू, पीडितले प्रहरी तथा न्यायालयतिर आशाको दृष्टिले हेरिरहेको, पीडितलाई समाज, प्रहरी, न्यायालयले साथ दिएको र पीडक यी सबैबाट एक्लिएको र जेलमा परेको जस्ता तस्बिर तथा चित्र प्रयोग
गर्न सकिन्छ ।

– #JusticeForAllRapeVictims
#RageAgainstRape
#JusticeForNirmala
#निर्मलाकोनिम्तिन्याय

प्रकाशित : आश्विन ९, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?