कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

चिकित्सा विधेयकमा छलछाम

कान्तिपुर संवाददाता

काठमाडौँ — चिकित्सा शिक्षा विधेयकलाई संसदीय प्रक्रियामा प्रवेश नगराएर सरकारले सत्याग्रही डा. गोविन्द केसीमाथि छलछाम गरेको छ । यो छलछाम स्वदेशी सुविधा सम्पन्न अस्पतालबाट गुणस्तरीय स्वास्थ्यसेवा चाहने नेपाली जनताप्रति उपेक्षा हो ।

चिकित्सा विधेयकमा छलछाम

बृहत्तर जनताको हितसँग सम्बन्धित विषयमा एउटा सत्याग्रहीसँग सार्वजनिक रूपमा सम्झौता गरी त्यसलाई तुहाउन स्वयं सरकार लागिपरेको छ । सम्पूर्ण नागरिकको अभिभावकका रूपमा सरकार रहनुपर्ने हो । यो विषयमा प्रधानमन्त्री र शिक्षामन्त्री लगायतमा चिन्ता देखिएन ।


दुई तिहाइ बहुमतको दुर्लभ अवसर शिक्षा, स्वास्थ्यजस्ता जनताको प्रत्यक्ष सरोकार राख्ने क्षेत्रको बेथिति रोक्न सदुपयोग गर्नुपर्ने हो । सधैं शक्तिको वरिपरि रही नाजायज तवरले व्यापारिक स्वार्थपूर्ति गर्न खोज्ने माफियासँग राजनीतिक नेताहरूको अनैतिक साँठगाँठ निरन्तर रहेको विभिन्न घटनाक्रमले देखाएका छन् ।
– भरत प्रसाईं,भद्रपुर– ७, झापा

प्रकाशित : आश्विन १५, २०७५ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?