कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अनुत्तरित प्रश्न

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्मल पन्तको बलात्कार र हत्याका सम्बन्धमा गठित उच्चस्तरीय छानबिन समितिले किन लुकाइयो यी प्रश्नका जवाफ ?

अनुत्तरित प्रश्न


- किरणले १० साउनमा आफ्नो जन्मदिन भनेर ठगे ? उनकी दिदी पार्वतीले किन जन्मदिन शुभकामना ट्याग गरिन् ?
- साजन र किरण त्यो रात किन सँगै थिए ? उनीहरूसँग अरू कोको थिए ?
- एसपी डिल्लीराज विष्टको त्यस दिनको कल डिटेल किन हेरिएन ?
-सइ डिकरदेव पन्त साउन १० गते राति कहाँ थिए ? शव पाइएको ठाउँमा उनी किन आफैं गए ? १० साउनको उनको कल डिटेल किन हेरिएन ? के सम्बन्ध थियो डिकर र किरणको ?
-अम्बाको रुख काट्नुको अर्थ के हो ? त्यो रुखको दाउरा कहाँ छ ?
-किताबै भिजेको छैन तर प्रहरी अधिकारी त्यही ठाउँमा बलात्कार र हत्या हो भनिरहेका छन् । किन ?
-शिशिर ठगुन्ना र ऐश्वर्या विष्टको बयान खोई ?
-सीसीटभिी क्यामेरा (ओपरा र बजारको) बारे किन बोलिएन ?
-बम परिवारले विष्ट बाबुछोरालाई नचिनेको हावादारी गफ किन पत्याइयो ?
-भजाइनल स्वाबमा वीर्य नपाइएको हो भने किन दिलिप, डिल्ली, किरण र आयुषको डीएनए मिलेन भनियो ?
-प्रहरीले यति ठूलो गल्ती गर्दासमेत किन फौजदारी अभियोग सिफारिस नगरी विभागीय कारबाही मात्रै सिफारिस गरियो ?
-अंगुर जिसीले किन कुकुर परिचालन गरेनन् ? खोलापारि सम्भव नभए पनि नभिजेका किताबबाट कुकुर परिचालन गर्न सकिने थियो । किन गरिएन ?
-अम्बालाई प्रमाणमा सामेल नगर्नु र अम्बाको रुख काटिनु संयोग मात्रै हो र ?
-खल्ती नै नभएको सुरुवालको खल्तीबाट दिलिपले २० रुपैयाँ झिकेको भन्दै सुनाएको कहानीको रचयिता को थिए ? किन सोधिएन त्यो कहानी घोक्न लगाउनेका बारेमा दिलिपलाई ?
– खेम भण्डारी (फेसबुकबाट)

प्रकाशित : आश्विन २३, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?