विस्थापित हुलाक सेवा

कान्तिपुर संवाददाता

काठमाडौँ — अहिले स्थानीय स्तरका हुलाक कार्यालयहरू सुनसान बन्दै गएका छन् । आधुनिक प्रविधिको प्रयोग बढेसँगै दशक अघिदेखि जिल्ला र स्थानीय तहमा रहेका हुलाक कार्यालयहरू कामविहीन भएका छन् ।

विस्थापित हुलाक सेवा

सञ्चार प्रविधिको उपयोगलाई पछ्याउन नसक्नु र सुधारका उचित वातावरण नहुँदा अधिकांश हुलाक कार्यालय कामविहीन बन्दै गएका छन् । सूचना र सञ्चार जगतको संबाहक करिब १ सय ३५ वर्ष लामो इतिहास बोकेको हुलाक सेवा किन निस्क्रिय भइरहेको छ ?
अहिले हरेक व्यक्ति र संस्थाका हातहातमा इन्टरनेट, मोबाइल, इमेलजस्ता प्रविधिको विकास हुँदा हुलाक सेवा कार्यालय सुनसान बनेका हुन् । यसलाई नीतिगत व्यवस्था गरी ‘स्थानीय सूचना तथा सञ्चार केन्द्र’को रूपमा रूपान्तरतण गरेर स्थानीय सरकारले सञ्चालन गर्नसके प्रभावकारिता बढ्न सक्नेछ । सूचना प्रविधिको विकासले केही सेकेन्डभित्रै सूचना पुग्ने भएपछि लामो समय लाग्ने हुलाकको प्रयोग गर्न छाडियो । तर हुलाक सेवालाई प्रबद्र्धन गर्ने खालका कार्यक्रम र दीर्घकालीन योजना भएनन् ।


केही वर्ष अघिसम्म हुलाकीमार्फत चिठीपत्र, पत्रपत्रिका लगायत कागजातबाट सूचना आदान–प्रदान हुन्थे । तर सरकारी चिठी, व्यक्तिगत पार्सल, सामान्य सामान, वस्तु र पत्रपत्रिका आदान–प्रदान बाहेक अन्य सेवा सञ्चालनमा आउन नसक्नु प्रविधिमैत्री हुन नसकेर हो । प्रविधिको युगमा आफ्ना सेवालाई विविधीकरण गर्नुको सट्टा पुरानै शैलीबाट झोलामा चिठी
बोकेर जनतालाई सेवा पुर्‍याउने हुलाक समय अनुकूल अघि बढ्न सकिरहेको छैन । हुलाक सेवालाई प्रविधिमैत्री, व्यावसायिक र द्रुततर सेवा प्रवाहमा बदल्न सम्बन्धित निकायले
जोड दिन जरुरी छ ।
– दधिराम खतिवडा, चिसंखुगढी–७, ओखलढुङ्गा

प्रकाशित : आश्विन २५, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?