२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

जताततै कालोबजारी

कान्तिपुर संवाददाता

काठमाडौँ — बजारमा अहिले खाद्यान्न, लत्ताकपडादेखि हरेक सामानको भाउ आकासिँदो छ  । पर्वको मुखमा व्यापारीहरूले प्रचलित बजार मूल्यभन्दा बढीमा बेचिरहेका छन्  ।

जताततै कालोबजारी

उपभोक्ता ठगिने क्रम बढिरहेको छ । बजार अनुगमनको प्रभावकारिता न्यून छ ।

उपभोक्ताले विशेष चाडबाडका समयमा उपयुक्त मूल्यमा आवश्यक सामग्री खोज्नु स्वाभाविक हो । वस्तु र सेवा सर्वसुलभ रूपले पाउने अपेक्षा हुन्छ । उता, व्यपारीहरू म्याद गुज्रेको उपभोग्य खाद्य सामग्री, कपडा, जुत्तालगायतका वस्तुहरूको खरिद मूल्यभन्दा २ गुणा बढीमा बिक्री गरी खुलेआम कालोबजारी गरिरहेका छन् । चाडपर्वको मौका छोपेर बजारमा कालोबजारी, अनियमितता, कृत्रिम अभाव र मूल्य वृद्धि गर्नु अपराध हो ।

सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । उपभोक्ता संरक्षण ऐन, २०५४ मा कसैले पनि कुनै व्यक्तिसँग मिली उपभोग्य वस्तु वा सेवाको माग, आपूर्ति वा मूल्यमा प्रतिकूल प्रभाव पार्न नहुने उल्लेख छ । कालोबजार तथा सजाय ऐन, २०३२ अनुसार सरकारले तोकेको कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलन अनुसार सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाइ उक्त मालवस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुने व्यवस्था भए तापनि कालोबजारीलाई कारबाही हुन नसक्नु दुर्भाग्यपूर्ण छ ।
–दधिराम खतिवडा, चिसंखुगढी–७, ओखलढुङ्गा


व्यापारीले मनलागी बजारभाउ बढाएका छन् । सम्बन्धित निकाय मौन बसेको छ । हिन्दु तथा ओमकार परिवारको सबभन्दा महत्त्वपूर्ण चाड दसंै, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा व्यापारीहरूले सर्वसाधारण उपभोक्तालाई लुट्नसम्म लुटेका छन् । दैनिक उपभोग्य वस्तु चामल, खानेतेल, नुन, चिनी, आलु, गोलभेडा लगायत खाद्यान्नमा दोब्बर मूल्य वृद्धि गरेका छन् । यसरी बजारभाउ बढ्यो भनेर समाचार आउँदासमेत बजार अनुगमन निकाय मस्तसँग निदाएको छ । अहिले बजारमा लत्ताकपडादेखि हरेक सामानमा यसरी नै भाउ बढेको छ । खसी, बोका, च्यांग्रालाई पनि कर लगाइएको छ । कर लगाएपछि त्यसको मार उपभोक्तालाई नै पर्ने हो । कर्णाली लगायत दुर्गम ठाउँमा सरकारले दसैंमा दिंदै आएको चामल समेत पर्याप्त दिएको छैन । एक वर्षमा एक दिन ऋण नै गरेर भए पनि मिठो मसिनो खाने पर्व दसंै, तिहार यसैको मौका छोपेर व्यापारीहरू व्यापार गरिरहेका छन् । दिनभरि काम गरेर बिहान बेलुका छाक टार्न गाह्रो भएको बेला यसरी बजारभाउ
बढ्दा किन सरकार चुप लागेर बसेको छ ? प्रतिपक्ष कहाँ छ ?
–पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : आश्विन २८, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?