दरबन्दी मिलान कसरी

कान्तिपुर संवाददाता

काठमाडौँ — सामुदायिक विद्यालयको आधारभूत तहभित्र कक्षा १–५ सञ्चालित विद्यालय बाहेक सबै तहमा शिक्षक संख्या न्युन छ  । एकातिर हामीले गुणस्तरीय शिक्षाको दुहाइ दिँदै सामुदायिक विद्यालयलाई कस्ने गरेका छौं, अर्कोतिर गणित, विज्ञान र अंग्रेजी तीनै विषयका दरबन्दी पुरा भएका माध्यमिक विद्यालयको संख्या देशभरि ७१ मात्र रहेको तथ्य घतलाग्दो छ  ।

दरबन्दी मिलान कसरी

देशभरि मावि तहमा मात्र ५२९१ विज्ञान, ४८९९ गणित र २३५४ अंग्रेजी शिक्षकको अभाव छ । यति धेरै दरबन्दीको अभावमा गुणस्तरीय शिक्षा नारामा मात्र सम्भव हुन्छ, हकिकतमा हुँदैन । निकट भविष्यमा संघीय शिक्षा मन्त्रालयको तत्वावधानमा हुनगइरहेको दरबन्दी मिलान हचुवाको भरमा नभई वैज्ञानिक तरिकाले होला भन्ने आशा गरिन्छ ।
– महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

प्रकाशित : आश्विन २९, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?