कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ज्यादती घटाउनुपर्छ

कान्तिपुर संवाददाता

काठमाडौँ — जब दसैं लाग्छ, पशुपन्क्षीमाथि अन्याय सुरु हुन्छ । गाडीका छतमा, डिकीमा राखेर भोकतिर्खामा दानापानी बिना मरणासन्न हुनेगरी यिनीहरूको ओसार–पसार गरिन्छ । पशु अधिकारवादीहरू पनि यो मामिलामा त्यति जागरुक भएको पाइन्न ।

ज्यादती घटाउनुपर्छ

अनेक दु:खकष्ट र पीडा दिएर टाढा–टाढाबाट ढुवानी गरिने र देवीदेवताका नाममा बलि दिइने पीडाप्रति मान्छे संवेदनशील नदेखिएको पाउँदा अनौठो लाग्छ । यो पृथ्वी सबै प्राणीको साझा घर हो । निर्दोष प्राणीहरूप्रति विवेकशील भनिएका मान्छेहरूले अलिकति सोच्नैपर्छ । सदियौंदेखि चलिआएको हाम्रा रीतिरिवाजहरू तत्काल परिवर्तन गर्न नसकिए पनि पशुपन्क्षीमाथि हुुने यस्ता प्रकारका ज्यादती न्युनीकरण गर्दै लाने र मानिसलाई बढी मांसाहारी नबन्नका लागि प्रेरित गर्ने दिन ल्याउन ढिला नगरौं ।
– कृष्ण कुम्पुरे, आदमटार, धादिङ

प्रकाशित : आश्विन २९, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?