१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कृषिमा काम

कान्तिपुर संवाददाता

काठमाडौँ — रासायनिक मल तथा विषादि बाहिरबाट ल्याइएको भए पनि यो वर्ष हाम्रो भूमिमा धानको उत्पादन सर्वाधिक भएको कुरा थाहा पाउँदा आनन्द लागेको छ  । खाद्यान्न यो वर्ष पनि नेपाललाई पुग्दैन रे  ।

कृषिमा काम

पुगोस् पनि कसरी ? देशका धेरै हिमाली तथा पहाडी भूभागमा, पुछारमा बग्ने खोलानदी भए पनि सिरानका बारी बाँझै रहने गरेका छन् । ती ठाउँका मानिसको विदेश जाने र बसाइँ सर्ने क्रम बढ्ने गरेको हुँदा जंगलको क्षेत्रफल बढ्दै छ भने भएका उर्वर भूमि पनि बाँझिँदै गएको छ । लाइएको खेतीमा रोग, किरा लाग्नु त छँदै छ, त्यसबाहेक बाँदर, दुम्सी, मृग, खरायो, घोरलजस्ता जनावरले पनि किसानलाई दिनसम्म दु:ख दिएका छन् । उपत्यकामा खेती गर्ने जमिन घरहरूले ओगटिसक्यो । हिमाल, पहाडमा उब्जाउशील जमिन कम छ । उब्जेको अन्न पनि जाँडरक्सी बनाउँदा छिटो सकिन्छ । तराईको धान अहिल्यै सस्तो मूल्यमा भारतलाई बेचिन्छ । हामीलाई सधैंको अनिकाल । खाद्यान्नमा आत्मनिर्भर बन्न युवावर्गलाई बेरोजगार भत्ता दिने होइन, कृषि पेसामा आकर्षित गर्ने र टिकाउने काम गर्नुपर्‍यो । ग्रामीण विद्युतीकरणका माध्यमबाट सिंचाइको व्यवस्था हुनुपर्‍यो । जहाँ जेको सम्भावना छ, त्यहाँ त्यही बाली लगाउन सिफारिस गर्नुपर्‍यो । फलफूल, तरकारीका किसानलाई बिचौलियाबाट जोगाउनुपर्‍यो । ‘विकासे बीउ’ लाई निषेध गरेर स्थानीय बीउको महत्त्व बुझाउनुपर्‍यो । जंगली जनावरहरूबाट किसानका बालीनाली जोगाउन काँडे तारबारको अवधारणा ल्याउनुपर्‍यो ।
–इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा

प्रकाशित : कार्तिक १८, २०७५ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?