कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सबै संकायमा शिक्षा

कान्तिपुर संवाददाता

काठमाडौँ — शिक्षा संकायले विशेषत: शिक्षक उत्पादन गर्छ  । देशका धेरै विद्यालयमा शिक्षा संकाय चलेको हुँदा शैक्षिक जनशक्ति धेरै उत्पादन भइसकेको तथा प्रमाणपत्रधारी बेरोजगार धेरै भइसकेको सही हो  ।

सबै संकायमा शिक्षा

यही कुरालाई उल्लेख गर्दै यही कात्तिकको पहिलो हप्ता महोत्तरीमा भएको एउटा कार्यक्रममा शिक्षा संकाय खारेज गरेर सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयका रूपमा रूपान्तर गर्ने कुरा शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीले बताउनुभएछ । यो कुरा प्रशंसनीय र महत्त्वपूर्ण हो तर योसँगै अर्को महत्त्वपूर्ण कुरा के छ भने वास्तवमा शिक्षा पनि एउटा विज्ञान हो । यसको क्षेत्र फराकिलो छ । यसभित्र शैक्षिक मनोविज्ञान, बालमनोविज्ञान, सिकाइका नियम, शिक्षणका सिद्धान्त, सिकाइका सूत्र, शैक्षणिक विधि धेरै कुराको अध्ययन गरिन्छ । यी विषयमा जानकार नभएको मानिस कामचलाउ शिक्षक बन्न सक्ला तर सफल शिक्षक बन्न सक्दैन । सफल शिक्षक बन्न शिक्षा संकाय पढेको हुनुपर्ने भएकाले पनि शिक्षा संकाय खारेज गर्नु उचित लाग्दैन ।
–कमला राजभण्डारी, सिर्जनानगर, भक्तपुर

प्रकाशित : कार्तिक १८, २०७५ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?