कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भरपर्दो सवारीसाधन

काठमाडौँ — शनिबार प्रकाशित अर्बन डिजाइनर सोमराज रानाको ‘साइकल सहरको सपना’ मन पर्‍यो । बढ्दो सहरीकरणसँगै तेलीय ऊर्जाका सवारीसाधनहरूको बेरोकटोक वृद्धिले मानव जीवनमा दिनानुदिन विकराल समस्या थप्दै गएको छ ।

लामो दूरीका सडकमा त तेलीय ऊर्जाका यातायातका साधन अत्यधिक प्रयोग हुँदा निम्तने सडक दुर्घटना साथै वायु प्रदूषण, ध्वनि प्रदूषण र पर्यावरणीय समस्या दिन दुगुना रात चौगुनाले बढिरहेका छन् । छोटा दूरीमा समेत त्यसमा पनि काठमाडांै उपत्यकाजस्तो कचौरामा यसले मानव जीवनमा कैयौँ रोगको विस्तार गरिरहेको छ । वायु प्रदूषणका कारण हुने श्वासप्रश्वास र आँखाका रोगी बढिरहेका छन् । ध्वनि प्रदूषणबाट हुने उच्च रक्तचाप, हृदयघात र बहिरोपनका रोगीको संख्या वृद्धि भइरहेको छ । यसरी जोखिमपूर्ण तेलीय ऊर्जाका सवारीसाधनलाई न्यूनीकरण गर्दै कम्तीमा पनि छोटा दूरीका लागि साइकलजस्तो भरपर्दो साधनलाई स्थापित गर्नसके मानव जीवन र पर्यावरणका निम्ति ठूलो कल्याण हुने थियो ।

–नारायण निरौला, विराटनगर, मोरङ


प्रकाशित : मंसिर ९, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?