२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

ओलीपन्थको आलोचना

काठमाडौँ — ‘ओलीपन्थको अपूरो आलोचना’ आलेखमा आधाआधी चित्त बुझेकाले केही स्पष्ट गर्न कलम चलाएको छु । किनभने गत हप्ता घनश्याम भुसालको ‘कसरी बाँच्छ कम्युनिस्ट पार्टी ?’

आलेखप्रति सहमति जनाउँदै प्रचण्ड नेतृत्वको माओवादी विलय भएको एमालेसहितको अहिलेको पार्टी वामपन्थी नभए पनि यसका कमीकमजोरीलाई सच्याउन सके असल बन्न सक्छ । हाल सरकारले पछ्याएको नार्सिससको बाटोको आलोचना गर्ने हिम्मत गरेकामा प्रसाईंले धन्यवाद व्यक्त गरेका छन् । प्रसाईंले केपी ओली हदैसम्म गुटबन्दीमा नलागी, अन्टसन्ठ नबोलीकन कार्यकर्ता तथा अनुयायीको साख जोगाइदिएहुन्थ्यो भन्ने चाहना राखी चिन्ता व्यक्त गर्दै पार्टी र सरकार जसरी चलाए पनि स्विकार्न बाध्य भएका छन् । पार्टी संरचनाका बलिया खाँबा तल्ला कमिटीका नेताहरू भएको तर तिनको मूल्यांकन कमै हुने गरेको, संगठित कार्यकर्ता, शुभचिन्तक तर आलोचकलाई अपहेलनामा पर्ने तर ठेकेदार, गुन्डाहरू पार्टीमा हावी भएकाले नेकपाको खोल मात्र ओढेर फाइदा लिनेको घुइँचो छ । मधेसीहरू हेलाका पात्र बनेका र कुलको शानको ख्याल गरिरहने ओली नेतृत्वलाई सोध्नुपर्ने पूरा र अझ अप्ठ्यारा प्रश्न बाँकी छन् ।

नेता भुसालले छुटाएका अझ गतिला प्रश्न सोधेर पार्टी र सरकारलाई प्रगतिशील बनाउन लागिपर्ने अरू कार्यकर्ताको खाँचो छ भने भुसाललाई मात्र तारो बन्न दिनु नहुने, अप्ठ्यारा प्रश्न गर्ने हिम्मत र साहस भएको जिउँदो मानिस पार्टीभित्र धेरै भए पनि सोध्ने हिम्मत गर्नुपर्ने बताएका छन् ।

–गंगाराज अर्याल, पाणिनि–८, पाली, अर्घाखाँची

प्रकाशित : मंसिर ९, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?