२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

निगमको जगहँसाइ

काठमाडौँ — नेपाल वायु सेवा निगमले ल्याएका वाइडबडी जहाज खरिदबारे सत्यतथ्य पहिल्याउन संसदीय समितिहरू किन यति आतुुर बनेका होलान् ? थप जिज्ञासा पैदा भयो । सार्वजनिक लेखा समितिले महिनौँदेखि खरिद प्रकरणमा छानबिन गरिरहेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले समानान्तर रूपमै एउटै घरमा उही कर्ताले उनै पितृको तर्पणपिण्डादि कार्य गर्न दुईतिरबाट बाह्मणलाई पढ्न लगाएझैँ देखिँदा गाइजात्रा हेर्न अन्त जानै नपर्ने भयो भनी टिप्पणी हुन थालेका छन् । तर राम्रो काम गर्दा दुनियाँ अचम्ममा किन परेका होलान् ? जहाज खरिद विषय नै यति रोचक छ, बतानइसक्नु छ । सर्वप्रथम त पाहुनालाई निमन्त्रणा गरेपश्चात् उनीहरू सबै घरमा आइसकेपछि चामल, तरकारी किन्न बजार जान थालेको शैलीमा जहाज आएर थन्किएपछि जहाज कहाँकहाँ उडान भर्ने भन्ने लगायत व्यापार योजनाबारे एकिन गरिन लागेका खबर रोचक लाग्छन् । निगम पदाधिकारीले काम गर्न नसकी कोलाहल गरी श्वेतपत्र जारी गरेको देख्दा दुनियाँ हाँसेका छन् ।

–श्यामसुन्दर कुइँकेल, हाँडीगाउँ, काठमाडौं

प्रकाशित : मंसिर ९, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?