कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सार्वजनिक दस्ताबेज सरल होस्

काठमाडौँ — शनिबार प्रकाशित भैरव रिसालको आलेख ‘खुट्टी देख्दै चाल पाइयो’ पढेपछि प्रतिक्रिया लेख्न मन लाग्यो । उहाँले प्रा. चैतन्य मिश्रको मंसिर ५ गते प्रकाशित गोरखापत्रको आलेखको चर्चा गर्नुभएको रहेछ ।

विद्यावारिधिधारी विद्वान्का लेखहरूमा हुने गरेका जटिल शब्दावलीलाई लिएर लेखिएको रिसालको लेख मननयोग्य छ । यस मानेमा मननयोग्य छ कि गोरखापत्र दैनिकजस्ता कुनै पनि पत्रपत्रिका सर्वसाधारणलाई लक्षित गरी प्रकाशित हुन्छन् । सर्वसाधारण लक्षित पत्रपत्रिकामा लेखन गर्दा सरल र बुझिने शब्दावली चयन गर्नुपर्ने हुन्छ भन्ने कुरा मिश्रलाई पनि थाहा भएकै हो तर आजकाल हाम्रा बौद्धिकहरूको दिनचर्या यति व्यस्त छ कि अथवा विद्वत्ताको यति भारी छ कि उहाँहरूलाई मैले कुन प्रसंगमा कहाँ लेखेको र बोलेको कुरा कहाँका लागि उपयुक्त हो भनी छुट्याउन समेत फुर्सत छैन । नीति अनुसन्धान प्रतिष्ठानमा बोल्न वा पेस गर्न बनाइएको आलेख सिधै गोरखापत्र दैनिकमा पठाउने काम भएको र गोरखापत्रले समेत कुनै छानबिन नगरी सोझै प्रकाशन गर्दा यो समस्या आएको हो जस्तो लाग्यो । प्राज्ञिक लेखनमा यस्ता जटिल शब्द त चयन गर्नु नै पर्छ तर पत्रिकाका लागि लेखिएका लेखमा सर्वसाधारण लक्षित लेखाइ हुनुपर्छ ।

–नरनाथ पाण्डे, कावासोती–८, नवलपुर


प्रकाशित : मंसिर ९, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?