कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामाजिक सुरक्षाको सवाल 

काठमाडौँ — सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रम र कोष स्थापनाका समाचारले प्रमुख स्थान पाएको अवस्थामा यसबारे सम्पूर्ण सूचना, जानकारी प्राप्त गर्ने र त्यसअनुसार तयार रहने र सरकारका कार्यक्रमले जनता र राष्ट्र सेवकहरूको मनोबल उच्च पर्ने हो भने प्रचारप्रसार गर्नु राम्रो हो ।

विगतमा सञ्चालित कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको कार्यलाई संश्लेषण गरी एकीकृत रूपमा आएको यस कार्यक्रमले धेरैलाई लाभ त अवश्य देला तर आवश्यक संचरना, निर्देशिका र स्वायत्त अधिकार सम्पन्न निकायले प्रत्याभूत गरी सुरु गरेमा यसको सफलता र लोकप्रियता बढ्ने सम्भावनालाई नकार्न सकिन्न ।

–केपी अधिकारी, भैंसेपाटी, ललितपुर

प्रकाशित : मंसिर १६, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?