कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘बच्चा सम्पादन’ विरुद्ध आवाज 

काठमाडौँ — स्क्रिप्स रिसर्च ट्रान्जिसनल इन्स्टिच्युटका निर्देशक एवम् हदयरोग विशेषज्ञ डा. एरिक जे टोपोलले ‘द न्युयोर्क टाइम्स’ मा ‘चाइल्ड एडिसन’ को खुलासा गरे जसलाई अनुदित गरेर कान्तिपुर दैनिकले धेरै पाठक र जिज्ञासुलाई सुसूचित गराएको छ ।

एक जना चिनियाँ वैज्ञानिकले आनुवंशिक गुण परिवर्तन गराएर दुई जना बच्चा सम्पादन गरेको कुरा सनसनीपूर्ण छ । टोपोलले उक्त कार्यमा संलग्न वैज्ञानिकलाइ बदमासको संज्ञा दिएका छन् । आज क्रिस्पर प्रविधिबाट डीएनएको न्युक्लियोटाइड्सको सिक्वेन्समा फेरबदल गरेर अनुवंशसँग जोडिएका धेरै जेनेटिक डिजिजबाट मुक्त हुने अवस्था आइसकेको छ । टोपोलले गरेको दाबीअनुसार परिवर्तित गुणहरू सन्तानमा सर्दै जाने भएकाले त्यस्तो प्रविधिले फरक गुण बोकेका फरक मानवहरू बन्ने कुरालाई संकेत गरेको छ । यसले सामाजिक, सांस्कृतिक र मानव विकासका पक्षमा नकारात्मक असर नछोड्ला भन्न सकिन्न ।

मोन्सान्टो र अन्य अमेरिकी कम्पनीहरूले आनुवंशिक गुण परिवर्तन गरेर नयाँ प्रकारका बालीनाली र फलफूल तयार गरिरहेका छन् । टर्मिनेटिङ जिनलाई एक्टिभ गराइएका बीउबिजनहरू अर्को वर्ष उम्रन सक्दैनन् । किसानहरूसँग सम्झौता गरेर बीउ, मलखाद र कीटनाशक औषधिहरूमा कम्पनीमै भर पर्नुपर्ने बाध्यकारी नियमका कारण लेटिन अमेरिकी र पाकिस्तानलगायतका केही एसियाली मुलुकका किसानले आत्महत्यासमेत गर्नुपरेको छ । जीएमओ प्रविधिबाट सकारात्मक र नकारात्मक दुवै प्रकारका असर नदेखिने होइनन् । बरु उक्त प्रविधिको पेटेन्ट राइट लिन कसले उछिन्ने भन्ने प्रतिस्पर्धा छ । प्रकृतिविरुद्ध गरिएका परिवर्तित जीवहरू कालान्तरमा खतरनाक बन्ने भएकाले आनुवंशिक रोगको उपचारदेखि बाहेकको उद्देश्य राखेर कुनै जीवजन्तु, मानिस र वनस्पतिमा गरिने अनुसन्धान, उत्पादन र सम्पादनविरुद्ध तेस्रो मुलुकका जीवशास्त्री र वैज्ञानिकले आवाज उठाउन आवश्यक छ ।

तुलसीराम खरेल, जीव विज्ञान विभाग, निधि इन्द्रेणी क्याम्पस, बिर्तामोड


........

एरिक जे टोपोलले बच्चाकै सम्पादनमा भविष्यमा हुने संसारकै विनाशको अत्यन्तै खतनारक रूप देखाइदिएका छन् । अति तीव्र रूपमा जे जस्तो वैज्ञानिक खोज भइराखेको छ, यसले कालान्तरमा ब्रह्माण्डमा इकोसिस्टम र प्राणी पुस्तान्तरणमा समेत जटिल समस्या आई यो संसारै रोबोटको संसार हुन सक्ने प्रबल सम्भावना छ । प्राणीमा भएको अणुवंशीय गुणलाई निस्तेज पारी आफूले चाहेजस्तो गुण राख्दा के कस्तो असर पर्ला भनी सोचविचार नगरी यस्ता अनुसन्धानमा रोक नलगाए मानव संसार लोप हुन बेर लाग्दैन । हुन त यस्ता कुरामा ध्यान दिने जमातै कहाँ छ र यो अति भौतिकवादी समाजमा ? जेसुकै भए पनि यो खबरले मेरो दिमाग खलबल्यायो । यस विषयमा बौद्धिक जगत् चुप लाग्नु घातक हुन्छ ।

–केदारनाथ त्रिपाठी, बुढानीलकण्ठ, काठमाडांै

प्रकाशित : मंसिर १६, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?