निर्मलाका परिवारलाई नुनचुक 

काठमाडौँ — क्ञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ महिना नाघिसकेको छ । आधा दर्जनजति छानबिन प्रतिवेदनबाट हत्याराको छनकसम्म पाउन सकिएको छैन ।

सरकारको अनुसन्धान प्रक्रिया कहाँ पुग्यो, केके भइरहेछ, थाहा छैन । उता हेन्द्रनगरमा

निर्मलाका परिवारजनले जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना बस्न सुरु गरेको ३ साता पुग्न लागेको छ । धर्नाका क्रममा निर्मलाका पिता यज्ञराज पन्तको स्वास्थ्य बिग्रेर काठमाडौंमा उपचार गराउनुपरेको छ ।

सधैं टेलिभिजनमा देखिने ठूला नेता, पूर्वप्रधानमन्त्रीदेखि मानव अधिकारकर्मीसम्मलाई आफ्नो अगाडि देखेपछि निर्मलाका परिवारजन न्याय पाउनमा ढुक्क थिए तर हत्यारा पत्ता लाग्न सकेन । उल्झनमाथि उल्झन थपिँदै गयो । दिनहुँ त्यहाँ पुग्नेहरूको भीडले निर्मलाका मातापितासँग कुरा कोट्याइरहने गर्दा त्यही कुरा भनीभनी आजित बनेका निर्मलाका पिता आखिरमा बिरामी भए । आलो घाउमा नुनचुक दलेर नथाक्ने, परिवारजन आजित र विक्षिप्त बन्दा पनि थाहा नपाउने, मै हुँ भन्दै मुख देखाउन पुग्ने राजनेताको समस्या समाधानप्रति देखिएको उदासीनता र अक्षमताको जति भत्र्सना गरे पनि कम हुन्छ ।

भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : मंसिर १६, २०७५ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?