कक्षाकोठामा मुख्यमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — राम्रो भौतिक सुविधा, तालिम प्राप्त, योग्य र अनुभवी शिक्षकहरूको व्यवस्था हुँदाहुँदै सामुदायिक विद्यालयले अभिभावकको ध्यानाकर्षण गर्न नसकेको अवस्थामा ‘विद्यालयमा एकदिन, कक्षाकोठामा एकदिन’ अभियानको थालनी प्रदेश ५ का मुख्यमन्त्रीबाट भएको खबरले उत्साहित पारेको छ ।

सोमबार तुलसीपुर उपमहानगरपालिका–७ स्थित कालाखोला माविमा मुख्यमन्त्री, उपमहानगरपालिका प्रमुख र सम्बन्धित प्रदेशसभा सदस्यले विभिन्न कक्षामा पसेर विद्यार्थीसँंग अन्तरक्रिया गर्दै कक्षा लिएका थिए । राजनीतिकर्मीहरूले सामुदायिक विद्यालयको उत्थानमा चासो लिन थालेमा स्थानीय उत्साहित र सहयोगी बन्छन् । सामुदायिक विद्यालयको विश्वास र साख फर्काउन शिक्षकले आफ्नो सीप, ज्ञान र समय लगानी गर्ने र विद्यालय सेवा क्षेत्रका राजनीतिक दलहरू, अभिभावकहरूले हैंसेमा होस्टे गर्न नितान्त आवश्यक छ । सरकारले सामुदायिक विद्यालयमात्र होइन कि गाउँघरमा बेरोजगारीको कारण त्यसकै समानान्तर खोलिएका संस्थागत विद्यालयहरूलाई अनुदानको व्यवस्था गरी राज्यकै शिक्षा प्रदायक संस्थाको रूपमा विकसित गर्दै लग्नुपर्ने देखिन्छ ।
– महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

Citizen

प्रकाशित : पुस १८, २०७५ १०:५४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

वाइड बडी खरिदमा घोटाला

कान्तिपुर संवाददाता

काठमाडौँ — पुस १६ गते प्रकाशित ‘वाइड बडीमा साढे ३ अर्ब बढी मूल्य’ समाचार पढ्दा उदेक लागेर केही प्रश्न तेस्र्याएको छु । किनभने नेपाल वायुसेवा निगमले दुइटा वाइड बडी खरिद गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक अनुसन्धानबाट करिब साढे ३ अर्ब बढी खर्च भएको देखियो ।

आशयपत्र जारी गरेपछि ११ बटा कम्पनीले पेस गरेका प्रस्ताव मूल्याङ्कनका क्रममा सन् २०१६ को आधारभूत मूल्य करिब ९ करोड अमेरिकी डलर निर्धारण गरेकोमा निगमले करिब ११ करोडका दरले दुइटाका लागि करिब २२ करोड डलर भुक्तानी गर्‍यो । एयरबसले पठाएको मूल्यसूची र भुक्तानी हेर्दा कम्तीमा साढे ३ अर्बको चलखेल भएको देखिन्छ । अत: एयरबसले पठाएको पत्र
गोप्य राखिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक छानबिन विवरणसंँग संसदको सार्वजनिक लेखा समिति र महालेखा परीक्षणको मूल्याङ्कन प्रतिवेदनसँंग मेल खाएको छ । विभिन्न कम्पनीका प्रस्ताव मूल्याङ्कन क्रममा १० करोड ४० लाख डलरमा मात्र विमान खरिद सम्झौता भए पनिमूल्य समायोजनका नाममा विना औचित्य ४० लाख डलर भुक्तानी गर्नु भ्रष्टाचार हो । विमान अवतरण गर्दाको दृश्यले नै घोटाला छर्लङ्गदेखिएको थियो ।
– गंंगाराज अर्याल, पाणिनि–८, पाली, अर्घाखाँची

प्रकाशित : पुस १८, २०७५ १०:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT