दुई तिहाइको दम्भ

काठमाडौँ — उल्झनको विषय बनेको र बदनामीको कारक नाबालिग निर्मला पन्तको हत्याकाण्ड (बलात्कार काण्ड), बमजन काण्ड, सुमार्गी र सिजी काण्ड, नेपाल एयरलाइन्सको वाइडबडी र मेलम्चीलगायत ठूला आयोजनामार्फत भएका 
भ्रष्टाचार काण्डलगायतलाई यथाशीघ्र किनारा लगाएर जो भए पनि दोषीलाई हदैसम्मको कारबाही गरेर नसुधार्ने हो भने सुनौलो भविष्य र समृद्ध नेपालको परिकल्पना हावादारी गफमा परिणत हुनेछ । 

दोषीलाई समाउन खुट्टा कमाउने प्रहरी प्रशासन, दोषी ठहर भएकालाई उन्मुक्ति दिने न्यायालाय, जनताले तिरेको करबाट तलब–भत्ता खाएर जनतालाई सेवा दिनुपर्नेमा उल्टै घुस नभई काम नगर्ने सरकारी कार्यालयका कर्मचारी, जनताको मतले राज्य सञ्चालनको अवसर पाएका सांसद, मन्त्री सबैलाई निगरानी तथा कारबाही गर्ने अख्तियार कार्यालय लगायतले देशलाई धमिराले झंै खोक्रो पार्नेहरुलाई कारबाहीको दायरामा ल्याउन ढिलाइ गर्नु हुँदैन । जे गरे पनि हुन्छ, दुई तिहाइ छँदै छ भन्नु हुँदैन ।

– अशोक तिवारी, बेलकोट–१०, नुवाकोट

प्रकाशित : पुस २०, २०७५ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?