कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

सरकारलाई बाटो देखाउनेहरू

काठमाडौँ — प्रधानमन्त्रीज्यू सबैलाई ठग, जाली, तेलचोर, वाइडबडी भन्ने कुरा खोज पत्रकारिताको निष्कर्ष हो । त्यस्ता कुरा अझ भेट्दै जालान् इमानदार पत्रकारहरूले । यिनीहरूले त सरकारलाई बाटो देखाइदिएका हुन् । 

यिनीहरूका हातमा केही छैन, कारबाही गर्ने अधिकार । प्रतिपक्षी पनि त्यति आक्रामक थिएन, त्यतिबेला जतिबेला केही गर्न सकिन्थ्यो । निर्मलाको निर्मम अन्त्य, सुनकाण्ड, उत्पादकत्वबिनाको जमिनको चर्को कर, फुसको र कोही नबस्ने घरको चर्को कर अनि इन्जिनियरिङसहितको कर, पहिलोपटक झुक्किएर जितेकाहरूले खेतीयोग्य र वर्षौं पुरानो बाली फाँड्दै बाटो बनाउन दम्भ देखाउँदा रुस्ट बनेका मजस्ता किसान अनि निराश बनी आत्तिएका र विकल्प खोजिरहेका जनता नै चोक–चोकमा कुरा काटिरहेछन्, सरकारको किन...? त्यही विपक्षीकै प्रवक्ता विश्वप्रकाश शर्माले त विशेष पत्रकार सम्मेलन नै गरेर राजधानीको एक भेलाले गलत हँुदै छ भनेकै थिए । हजुरले मान्नुभएन । अहिले संसद्लाई अरिंगाल बन नभने पनि तिमीहरूलाई भनेको बुझेनौ...? भन्नुमा के दम रहन्छ र ?

– सुरेश खतिवडा, झापा

प्रकाशित : पुस २४, २०७५ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?