पुरानाले नयाँ नेपाली ठग्छन्

काठमाडौँ — पुस २५ गते प्रकाशित नम्रता शर्माको ‘फिनल्यान्डमा फसिएला है’ पढेर दु:खी भएँ । नेपालीले नेपालीलाई सहयोग नगरेर ठग्ने कुरा नौलो होइन । अमेरिकामा बसेको मेरो भतिजको पनि यस्तै अनुभव छ ।

मस्को बस्ने मेरो अर्को भतिजले त यसैकारणले कुनै नेपालीलाई सम्पर्क गर्नै छाडिदियो । विदेशमा जानेहरू सुरु–सुरुमा नेपालीसँग खुसीसाथ भेट्छन् तर पुराना नेपालीले नयाँ नेपालीलाई ठग्ने गर्छन् । अरू कोही नपाएर नेपालीलाई नै मुर्गा बनाउँछन् । विदेशमा भएका भारतीय र अन्य देशका नागरिकहरू आपसमा मिलेर बसेका हुन्छन् । तर नेपाली किन बस्दैनन् ? यो एकपल्ट गहिरिएर सोच्ने कुरा हो । नेपाली आफ्नो इमानदारी र स्वाभिमानमा अब्बल मानिन्छ ।


त्यही इमानदार, स्वाभिमान र हँसिला नेपाली के भएर त्यस्तो गर्छन् ? के हाम्रो समाजको त्यो छवि अब समाप्त हुँदै गएको हो ? हो भने यो गहिरो चिन्ताको विषय हो । हामीले आफ्नो छवि जोगाउन लाग्नुपर्छ । नत्र भने विश्वमा हाम्रो

छवि धमिलो हुनेछ ।

– डा. शिवशंकर यादव, छपकैया, वीरगन्ज

प्रकाशित : पुस २७, २०७५ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?