१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गाउँका अलपत्र बुटिक केन्द्र

काठमाडौँ — ‘सिंहदरबार अब गाउँ–गाउँमा’ भनेर निर्वाचन हाँकेको नेकपा अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ, तर आजपर्यन्त कतिपय गाउँपालिकाको कार्यालय भाडामा छन् । त्यति मात्र होइन, गाउँपालिकाको सदरमुकाम चयन गर्न नसकेर अध्यक्षहरू रुमलिएर बसेका छन् । बुटिक केन्द्ररूपी गाउँपालिकाका कार्यालयहरू अलपत्र छन् ।

गाउँपालिकाका अध्यक्षहरूलाई जिम्मेवारीपूर्वक काम गर्न र झारा टार्ने काम नगर्न निर्देशन दिनुपर्‍यो । किनभने ती सबै स्थानीय सिंहदरबारका प्रमुखहरू स्थानीय कार्यकारी हुन् । सिंहदरबारलाई बुटिक केन्द्र बनाउने हो भने परिसरभित्र रहेको थोत्रा गाडीहरूको कवाडी पहिले हटाउनुपर्‍यो । सिंहदरबार परिसरभित्र दमकल व्यवस्था गर्नुपर्‍यो । कुनै दुर्घटना भएमा न्युरोडबाट दमकल आइपुग्दा ती सबै खरानी भइसक्छन् । इमर्जेन्सीको बेला वीर अस्पताल पुर्‍याउँदा बिरामीको हालत के होला, जहाँ भिड छिचल्नै मुस्किल छ । सिंहदरबार गेट अत्याधुनिक हुनुपर्‍यो, जहाँ आवत–जावत गर्ने गाडीको निगरानी सेन्सरले गर्न सकोस् । प्रवेश पास कागजको लिप्टो होइन, स्तरीय होस्, जसले सुरक्षालाई मद्दत पुर्‍याउँछ ।

– वसन्तराज कार्की, दोलखा

प्रकाशित : पुस २७, २०७५ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?