कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

स्वास्थ्य विधेयक र केसी अनशन

काठमाडौँ — स्वास्थ्य क्षेत्रका जायज माग राखी पटक–पटक गरेर अहिले १६ औं अनशनमा जीवन र मरणको दोसाँधमा डा. गोविन्द केसी इलाममा छट्पटिरहनुभएको छ ।

डा. केसीको प्रत्येक अनशनले के देखाउँछ भने सामाजिक सञ्जाल, पत्रपत्रिका र आम जनताको विरोधका स्वर सुनेपछि हच्किएर सहमति गर्ने अनि सहमतिपछि मेडिकल माफियाको चङ्गुलमा पँmसेर सरकारले सहमति तोड्ने गरेको छ । डा. केसीसँंग १५ आंै अनशनमा आफैले गरेको सहमति तोडमोड गरेर १६ औंपटक अनशन बस्न बाध्य गराउनु सरकारको नालायकी हो ।


त्रिवि र केयुलाई सम्बन्धन बिक्री गर्ने थलोबाट मुक्त गराएर फुटपाथका पसलझैं मेडिकल कलेजलाई जताततै नखोली व्यवस्थित गर्नु आवश्यक छ । आफ्नो उपचार र फलोअप राज्यकोषको पैसामा रोजेको मुलुकमा गर्ने आरामको सुविधा पाएकाहरूले किन आम जनताको स्वास्थ्यबारे सोचोस् ? समाजवादको ठूलठूला गफ हाँक्ने नेताले छातीमा हात राखेर सोचुन्, अस्पतालको बिल तिर्न नसकेर एउटा युवा छतबाट फाल किन हाल्छ ? डा. केसीको अनशन यही व्यथिति र पीडा अन्त्य गर्नका लागि हो । माफिया विरुद्धको सत्याग्रह हो ।

– सन्तोष सिम्खडा, गोर्खा

***


जो दलको झोला बोक्छ, जो नेताको चाकडी गर्छ, जो माफिया र धनाढ्यको इसारामा चल्छ, त्यसैको वाहवाही देखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवा लस्कर बढेको हो । विदेशिनु बाहेक विकल्प देख्दैनन् युवा अनि इच्छा नभए नि अभिभावक । गोविन्द केसी सर्वसाधारणका लागि लडेकै हुन्, नबुझेझैं गर्ने सरकारले पनि बुझेकै छ । विद्वान विज्ञहरूले पनि बुझेकै छन् । तर लबिङ गर्नैपर्ने र दाससरह निर्देशन पालना गर्नैपर्ने भुमरीमा रणभुल्ल भएझैं र नबुझेझैं गर्दैछन्, तिनीहरू नै । कुरा बटार्दै अरिङगालहरू अनशनलाई विदेश विद्यार्थी पठाउन गरिएको माफियाको खेल पो भन्दै अतिरञ्जित गरिँंदैछ । यिनी त्यागी नै हुन् । न यिनलाई कमाउनुछ, न कुनै दलबाट तक्मा नै थाप्नुछ, सन्तानका लागि जोहो गर्नुछ । डा. केसीलाई बचाउनु हामी सबैको स्वाभिमानलाई बचाएर राख्नु हो । राजनीतिको रंग र ढंगलाई उछालेर लिपपोत पारेर डा. केसीको स्वाभिमानको लडाइँलाई कमजोर पार्ने कार्य नगरौं । यो स्वाभिमानको लडाइँ हो । सबै स्वाभिमानीले साथ दिउँ ।

– सुरेश खतिवडा, झापा

प्रकाशित : माघ १, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?