२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

आयाराम गयाराम

काठमाडौँ — हाम्रो परिप्रेक्ष्यमा अर्थतन्त्रका सूत्राधार कृषि, उद्योग र पर्यटन नै हुन् । यतिबेला जसले जतिसुकै गफ लाए पनि कृषि र औद्योगिक क्षेत्रले तत्काल फड्को मार्ने अवस्था छैन । मुलुकको सर्वाङगिण विकासको निम्ति न्युन खर्चबाट हुनसक्ने पर्यटन प्रबद्र्धनको विकल्प छैन ।

केही वर्ष यतादेखि गिनेचुनेका ठाउँमा आन्तरिक पर्यटक ह्वात्तै बढ्न थालेको यथार्थलाई मध्यनजर गर्दा कुनाकाप्चामा रहेका पर्यटकीय स्थलको प्रबद्र्धन गर्ने कार्यक्रम बनेमा ग्रामीण अर्थतन्त्रले छिटै फड्को मार्ने निश्चित छ । यद्यपि सन् २०२० लाई पर्यटन वर्ष मनाउने उद्घोष वर्षौंअघि गरिए पनि यो अझैसम्म नारामा सीमित देखिन्छ । ‘आगौं पर्यटक आएर लक्ष्य पुरा गरिदिहाल्छन्, केको चिन्ता ?’ भन्नेजस्तो संकीर्ण सोच राखेर समय कुर्ने काम भयो भने त्यसबाट खासै उपलव्धि हासिल हुन सक्दैन । यतिबेला पर्यटन वर्षलाई अवसर ठानेर सरकारले चाँजोपाँजो मिलाउनुपर्छ ।


विभिन्न उमेर, समूहका पर्यटकलाई आकर्षित पार्न हाइकिङ, बन्जी जम्पिङ, पर्वतीय म्याराथन, माउन्टेन बाइकिङ, पाराग्लाइडिङ, राफ्टिङ, पदयात्रा, दृश्यावलोकनलाई देशव्यापी बनाउने कार्यक्रम ल्याउनुपर्छ । प्रादेशिक सरकारबाट आफ्नो क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्यको स्तरोन्नति गरी आवास, सरसफाइ, यातायात, सुरक्षाको व्यवस्था गर्नुपर्छ । होमस्टेसँगै स्थानीय कला, संस्कृतिबाट पर्यटकलाई आकर्षित पार्ने कार्य बढाउनुपर्छ ।

– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : माघ २, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?