कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सरकारको समाजवादी कर्तव्य

काठमाडौँ — स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै १६ औं पटक अनशन इलामबाट थाल्नुभएका डा. गोविन्द केसी अनशन बस्नुभएको ६ दिन भइसकेको छ । उहांँको स्वास्थ्य स्थिति दिन–प्रतिदिन खस्कँदै जांँदासमेत सरकार उदासीन देखिएको छ ।

डा. केसी कुनै व्यक्तिगत स्वार्थका लागि नभई सबै जनताले स्वास्थ्यको पहुँच पाउन् भन्ने माग राखी अनशनमा बस्दै आउनुभएको छ । उहाँंले राखेका जायज माग किन पुरा हुँदैनन् र किन आरोप–प्रत्यारोप भइरहन्छ ? उपत्यकामा प्रशस्त अस्पताल हँुदाहँुदै पनि उपत्यका बाहिर केही समयको लागि मेडिकल खोलेर आम सर्वसाधारणलाई स्वास्थ्यको पहुँचमा ल्याउन सत्याग्रह थाल्नु के सरकार विरोधी हो र ? केदारभक्त माथेमा आयोगलाई आधार मानेर छिटोभन्दा छिटो माग पुरा गरी उहांँको जायज माग जस्ताको तस्तै पुरा गरेर सरकारले आफ्नो समाजवादी कर्तव्य पुरा गरोस् ।

– चन्द्रप्रसाद खनाल, लम्की, कैलाली

प्रकाशित : माघ २, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?