कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिचानभित्र वर्गीय मुद्दा

काठमाडौँ — नेपालमा निरङ्कुश राजतन्त्रकै पालादेखि पहिचानका निम्ति उत्पीडित समुदायले संघर्ष गर्दै आएका थिए । तर उनीहरू चर्को दमनमा पर्दै आए । माओवादी जनयुद्धमा यी मुद्दाहरूले फेरि जीवन्त आकार ग्रहण गरे । गणतन्त्रको स्थापनापश्चात पहिचानको मुद्दा नेपाली राजनीतिको केन्द्रविन्दुमा परेको छ ।

दशकौंैदेखि शोषित, उत्पीडित वर्ग आज आफ्नो अधिकारका लागि सडकमा आउन थालेका छन्, जसका कारण सामन्तवादको जगमा शोषणको दुष्चक्र चलाइरहेको नश्लवादी एकल जातीय राज्यसत्ताको जग नराम्रोसंँग हल्लिएको छ । अब पहिचानको राजनीतिलाई नजरअन्दाज गरेर कुनै पनि पार्टीले राजनीति टिकाउन सक्ने स्थिति छैन ।


आहुतीले भनेझंै आज पहिचानको आन्दोलनका क्रममा हामीले भुल्न नहुने कुरा भनेको खास पहिचान भएको मानव समूहभित्रको वर्गीय मुद्दा नै हो । आज पहिचानको आवाज उठाउने समूहभित्र पनि शोषक र सामन्तको ठूलो तप्का छ र यो तप्का हमेशा पहिचान विरोधीसंँगको संगतमै रम्दै आएको छ । पहिचानको आन्दोलनको दौरान हामीले यस्ता तप्काको पनि भण्डाफोर गर्दै जानुपर्ने आवश्यकता देखिन्छ । पहिचान भित्रको वर्गीय मुद्दालाई नजरअन्दाज गर्दा यस समूहभित्रको शोषकलाई फाइदा पुग्ने पक्का छ ।


समाजवादभित्र शोषित, उत्पीडितको स्थान के हुनेछ भन्ने विषयमा सत्ता मौन देखिन्छ । सामन्तवादकै छत्रछायामा हुर्केको वर्तमान सत्ताका मठाधीशहरूले उत्पीडितका वर्गका पक्षमा ठोस कदम चाल्छ्न् भन्नेमा शंका गर्ने ठाउँ छ । पहिचानका पक्षधरहरूले देशभित्रका दलाल पुँजीवादी र विदेशी साम्राज्यवाद विरुद्ध निर्णायक आन्दोलन गर्नुको विकल्प छैन । अपमान, अन्याय र शोषणको यो कहर चलाएर हामी कहिल्यै पनि समाजवादी व्यवस्थामा पुग्न सक्दैनौं ।

– मनोज लम्साल, देवचुली– ३, नवलपुर

प्रकाशित : माघ २, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?