कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

अर्गानिक उत्पादन निरीक्षण

काठमाडौँ — निश्चित प्रक्रिया र अनुगमन विधि पुरा गरेपछि उत्पादित कृषि उत्पादनलाई अर्गानिक उत्पादन भनिन्छ । बेमौसमी तरकारी होस् वा खाद्यान्न बालीको उत्पादन, बढी उत्पादन गर्न त्यसमा प्रयोग गरिने रासायनिक मल र विषादीको बढी प्रयोगले मानव स्वास्थ्यमा विभिन्न किसिमको जटिलता ल्याइरहेको छ ।

तसर्थ आजभोलि अर्गानिक तरकारी, फलफूल र खाद्यान्न उत्पादनमा कृषकको ध्यान जान थालेको छ । उत्पादित सामग्री स्थानीय र अन्तर्राष्ट्रिय बजारमा पुग्न थालेका छन् । यस्ता उत्पादनको उत्पादनस्थल निगरानी हुने गरेको छैन । अर्गानिक वस्तु गुणकारी हुन्छ, तर उत्पादन, विकासे बालीको दाँजोमा थोरै हुने हुँदा त्यसको लागत मूल्य बढ्न जान्छ र बिक्री मूल्य पनि स्वाभाविक रूपले बढ्छ । बजारमा अर्गानिक भनिएका सबै उत्पादन अर्गानिक नहुन सक्छन् । मिसावटयुक्त पनि हुन सक्छन् । त्यसकारण अर्गानिक उत्पादन पाठशाला, उत्पादनस्थल, निरीक्षण, अनुगमन, प्रमाणीकरण र बजारीकरणको सहज व्यवास्थापन गर्न सरकारको ध्यान पुग्नु आवश्यक छ ।

– महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

प्रकाशित : माघ ३, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?