१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

विदेशमा छलेर लगानी

काठमाडौँ — नेपालका व्यापारीले विदेशमा ठूलो धनराशि शंकास्पद लगानी गरेको समाचार आयो । ५५ जना नेपालीमा प्रतिष्ठित डाक्टर, प्राध्यापक, पूर्वसांसद, नेतादेखि व्यापारीले बिभिन्न देशमा कम्पनी खोलेर लगानी भइरहेको विवरण खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको समाचार पढ्न पाइयो ।

विदेशमा छलेर लगानी

नेपालमा प्रशस्त लगानी गर्ने माध्यम हुंँदाहुँदै र प्रकृतिले सुन्दर र जलस्रोतको धनी देश नेपाल भनेर विश्वमा चिनिएको विदेशमा लगानी गर्नेहरूलाई जानकारी पक्कै हुनुपर्ने हो । सरकारले अनुमति दिएको भन्दा धेरै रकम लगानी गरेर करसमेत छलेको देख्दा नेपालमा ‘सानालाई ऐन ठूलालाई चैन’जस्तै भइरहेको छ । आफ्नो देश नेपालको माटोमा हुर्केर नेपालको पहिचान नागरिकता लिएर त्यही नागरिकताको चरम दुरुपयोग गरेर यतिसम्म कि जुन मापदण्डभन्दा धेरै लगानी गर्ने प्रतिष्ठितहरूको सम्पत्ति कहांँबाट र कसरी जम्मा भयो ? यसको छानबिन हुनुपर्छ ।

– चन्द्रप्रसाद खनाल, लम्की, कैलाली

***


विदेशमा भौतिक उपस्थितिबिनै नाम मात्रका कम्पनी खडा गरी गैरकानुनी सम्पत्तिलाई त्यस कम्पनीको नामबाट पुन: नेपालका कम्पनीहरूमा लगानी गरेर कालो धनलाई सेतो बनाउने प्रक्रियामा कैयन व्यापारी लागेको खबर चाखलाग्दो छ । यस कार्यमा घरानियाँका छोराछोरी, गैरआवासीय नेपाली, नाम कहलिएका व्यापारिक घरानाका छोराछोरी समेत परेका छन् । माओवादी कालमा राजनीतिक आवरणमा गरिएको डाँकाजनी, हत्या, लुटपाटको रकमसमेत त्यस्तो ‘ट्याक्स’ हेवन मुलुकमा पुगेर फर्किएको हुनसक्छ । कर नतिरी कमाएको अवैध र जनताको रगत–पसिनाको कानुनी सम्पत्ति लुटेर विदेश पुर्‍याई पुन: नेपालमा लगानी गरेर आपराधिक र शंकास्पद पृष्ठभूमिकाहरू समाजमा स्थापित हुँदा कामै नगरी धनी बन्ने स्वप्न हेर्ने युवाको जमात बढ्ने खतरा बढेकोले सरकारले गहन र निष्पक्ष छानबिन गर्नु जरुरी छ ।

– महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

प्रकाशित : माघ ४, २०७५ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?