कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

झूटमाथि अर्को झूट

काठमाडौँ — पायो जात्रा पाटन दरबार क्षेत्रसँग सम्बन्धित पुरानो लिच्छविकालीन जात्रा हो । मू (मूल) छेँ (घर) आँगन गुठीद्धारा गरिने जात्रामा ठेचोको नवदुर्गा गुठीको मुख्य भूमिका छ ।जात्राको आकर्षण भनेकै नवदुर्गा गुठी र मू छेँ आँगन गुठीको मुख्य देवताबीच आपसमा ढोगभेट गराई भैरव, काली र बाराही देवगणले नृत्यसहित मू छेँ गुठीको मुख्य देवता मनमानेश्वरी देवीलाई फूलमाला चढाउने हो ।

विजयादसमीमा हुने यो जात्रा विविध कारणले रोकिएको २४ वर्षपछि यस वर्ष सबैको साथसहयोगमा पुन: सञ्चालनमा ल्याउन गुठीयार सफल भएका थियौं । यसै विषयमा केन्द्रित भएर ललितपुर महानगरपालिकाले पुस अन्तिम साता समीक्षा बैठक आयोजना गर्‍यो ।


बैठकमा नवदुर्गा गुठीयार लगायत अन्य सरोकारवालालाई निमन्त्रणा गरिएको थियो । महानगरपालिकाका मेयर चिरीबाबु महर्जनद्धारा पुस २८ गते शनिबार पृष्ठ ६ मा लिखित पत्रबारे नवदुर्गा गुठीको ध्यानाकर्षण भएको छ ।

पत्रमा खड्ग जात्राको समीक्षा गर्न आयोजना गरिएको बैठकमा मूलत: नवदुर्गा गुठीको नभई खड्ग जात्राको विषयमा मात्र छलफल केन्द्रित भएको भन्ने उल्लेख छ । तर खड्ग जात्रा सञ्चालन गरिने मू छेँ र नवदुर्गा गुठी एकै रथका दुई पाङ्ग्रा हुन् । एउटा बिग्रिएमा अर्को अगाडि बढ्न सक्दैन । तर मेयर महर्जनद्धारा लिखित पत्र हेर्दा उनलाई खड्ग जात्रा कसरी सञ्चालन हुन्छ भन्नेबारे जानकारी नभएको पुष्टि हुन्छ ।


मेयरद्धारा लिखित पत्रमा आफू निर्वाचित भइसकेपछि नवदुर्गा नाच सञ्चालन गर्न २ लाख रुपैयाँ रातो किताबमै उल्लेख गरी बजेट छुट्याएको भन्ने उल्लेख छ । जुन झुट हो । उनी आउनुअघि नै नवदुर्गा नाचका लागि उक्त बजेट व्यवस्था भइसकेको थियो । मेयरले बन्द भइसकेको पायो जात्रा पुन: सञ्चालनमा ल्याएमा २ लाखबाट बढाएर ३ लाख रुपैयाँ पुर्‍याउने प्रतिबद्धतामात्र व्यक्त गरेका थिए । तर विडम्बना, उनले आफूले जनाएको प्रतिबद्धता बिर्सिसकेका छन् ।

– भक्तलाल माली, नाइके नवदुर्गा भवानीदेवी गुठी, ठेचो, ललितपुर

प्रकाशित : माघ ४, २०७५ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?