निजी विद्यालयलाई सकस

काठमाडौँ — आफु पनि केहि नगर्ने अरूले गरेको पनि देखी नसहने भनेको यही हो । प्रजातन्त्रमा काम गरेर खान पाउने सबैलाई समान अधिकार हुन्छ ।

यसबाट सरकारले नागरिकको अधिकार किन हनन गर्न खोज्दै छ ? निजी स्कुलहरूले लाखौं घरभाडा तिर्नुपर्छ । शिक्षकलाई तलब नदिए आउँदैनन् । सरकार भनिरहेको छ– निजी स्कुलहरूले लुटे भनेर मात्र हुन्न । सामुदयिक स्कुल सुधार्न पनि नसक्ने अनि अरूले गरेको डाहा गर्ने ? लुटेर खानेलाई छुट छ । काम गरेर अरूलाई पनि रोजगार दिन्छु भन्नेलाई अनेक बाधा अवरोध पुराइन्छ । संसारमा कही नभएको नियम कानुन यहीं बन्छ । शिक्षामन्त्री भनिरहेका छन् १० वर्षपछि निजी स्कुलहरू मुनाफारहित बनाउने । अनि निजी स्कुलमा लगानी गरेको करोडौं रुपैयाँ चाहिं कसले दिने ?

–पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : माघ ६, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?