३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

भिरबाट खस्छौं

काठमाडौँ — ओली–दाहाल मिलेपछि राम्रै होला भनेको
यिनले देशको कथाव्यथा खोइ त जानेको ?

ओली–दाहाल मिलेपछि राम्रै होला भनेको

यिनले देशको कथाव्यथा खोइ त जानेको ?

हल्ला मात्र बढी भयो काम त केही भएन

अलिअलि विश्वास थियो अब रहेन

डाडु पन्यु बोक्नेहरूले कराएर हुँदैन

भाषण मात्र भट्याएर च्युरा भिज्दैन

माफिया र बिचौलिया हावी भयो भन्दै छन्

देशवासी त छक्क परी जिब्रो टोक्दै छन्

डोरीहरू विश्वासको छिन्यो भने साथी हो

हामी सबै भिरबाट खस्छौं साथी हो ।

–कृष्ण कुम्पुरे, धादिङ

प्रकाशित : माघ ६, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?