निर्मला प्रकरणमा चलखेल

काठमाडौँ — कञ्चनुपरी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब ६ महिना पुग्नै लाग्दा समेत बलात्कारी को हुन् पत्ता लगाउन सकिएको छैन । ‘डीएनए परीक्षण नै शंकाको घेरामा’ समचार पढ्दा केही कुरा नलेखी बस्न सकिन ।

एउटा बालिका जुन विद्यालयमा अध्ययन गर्दैगर्दा नियत बिग्रेकाहरूबाट बलात्कार गरी निर्मम तरिकाले हत्या गर्दा समेत हत्यारा पत्ता लागेन भनेर एकपछि अर्को गर्दै बहाना गरिँदै छ । यदि उच्च पदमा आसिनको घरपरिवारमा यो घटना भएको भए अहिलेसम्म के हुन्थो ? मजस्ता लाखांै सर्वसाधाणको प्रश्न हो । साथीको घरमा कापी ल्याउँछु भनेर गएकी पन्त घर नआउँदा खोजीनिती गर्दैगर्दा हत्या गरेर उखुबारीमा फालिनु, भेटिसकेपछि रक्ताम्य निर्मलाको सुरुवाल सुरक्षाकर्मीबाट धुँदासमेत किन धुन लगाउने र धुनेलाई कानुनको कठघरामा ल्याएर सोधपुछ गर्नुपर्छ कि पर्दैन ? घटना ढाकछोप गर्न चलखेल गर्नुको खास कारण यसमा मुछिने व्यक्ति पहुँचवाला नै हुनुपर्छ ।

–चन्द्रप्रसाद खनाल, लम्की, कैलाली

प्रकाशित : माघ ६, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?