१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नारीप्रति पुरानै सोच

काठमाडौँ — शनिबार कोसेलीमा प्रकाशित ‘घाम उदाउँदो छ’ मार्मिक र दु:खदायी लाग्यो । अहिले पनि हाम्रो समाजमा छोरी मान्छेले बिहे गरेर गएपछि उसले यातना सहेर होस् या लोग्ने, सासूको कुटाइ खाएर घरगृहस्थी सम्हाल्नुपर्छ ।

आफूले यातना पाइरहेको छु भनी आफ्नो बाबाआमालाई भनियो भने पनि घर सम्हाल्न सकिन, लोग्ने र सासू–ससुरालाई रिझाउन सकिन, माइतीको इज्जत फाल्ने भई भन्छन् अनि पीडित नारीले कोसँग हारगुहार गर्ने त ? वैवाहिक बलात्कार अहिले पनि व्याप्त रूपमा चलिरहेको छ । बिहे गरिसकेपछि स्वास्नी मानिस लोग्नेले भनेअनुसार हरदम समागमका लागि तयार हुनुपर्छ । आफ्नो इच्छा नहुँदा पनि संसर्गका लागि तयार हुनु पर्दा त्यो पक्कै पीडादायी हुन्छ । अहिले मी–टु का माध्यमबाट धेरैजसो पीडित आफ्नो पीडा र आवाजलाई बाहिर ल्याइरहेका छन् तर हाम्रो समाजमा अझै पनि नारीलाई हेर्ने दृष्टिकोण पछौटे र अनुदार छ ।

–सन्तोष दाहाल, बालुवाखानी, काठमाडौं

प्रकाशित : माघ ६, २०७५ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?