कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चोभारवासीको गुनासो 

काठमाडौँ — ‘कीर्तिपुरको पलट’ सम्पादकीय पढेपछि केही लेख्न मन लाग्यो । अष्टनाग मध्येका कर्कोटक नागको वासस्थान भएको टौदह धार्मिक तथा ऐतिहासिक थलो हो । कर्कोटक नागले दिएको भोटोलाई कसको हो, प्रमाण लिएर दाबी गर्न आउनु भनी आजपर्यन्त भोटोजात्रा गर्ने गरिएको छ ।

त्यही छेउ चोभारमा रहेको व्यवस्थापकीय लापरबाही र अकर्मण्यताको सिकार भई टाट पल्टेर हिमाल सिमेन्ट उद्योग बन्द भयो । त्यही हिमाल सिमेन्टको करिब हजार रोपनी जग्गामा सुख्खा बन्दरगाह बनाउने भनेर विश्व बैंकको आर्थिक सहयोगमा सम्झौता भएको थियो । केही दिनअघि प्रधानमन्त्री केपी ओलीले स्थानीयका विरोधैका बीच बन्दरगाह शिलान्यास गरेका छन् । सिमेन्ट उद्योगका लागि राज्यबाट उचित मुआव्जा नदिई जग्गा अधिग्रहण गरिएको भन्ने स्थानीयको गुनासोलाई सम्बोधन गर्न जरुरी छ । झिना–मसिना कुराले अत्तो थापेर केवल विरोधका लागि विरोध गर्नु र सुख्खा बन्दरगाह निर्माण कार्यमा अवरोध गर्नु भने ठूलो भुल हुनेछ । सम्पादकीयले बोलेजस्तै बन्दरगाहले तेस्रो विश्व, छिमेकी भारत तथा चीनबाट आउने सामान सीमानाकामा नरोकिएर सिधै यहीं आइपुग्ने र यसको ढुवानी भाडा सस्तो पर्ने हँुदा उपभोक्तालाई राहत हुन्छ ।

– श्यामसुन्दर कुइँकेल, हाडीगाउँ, काठमाडौं

प्रकाशित : माघ ७, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?