२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

दुई वर्गका कर्मचारी 

काठमाडौँ — सरकारले केही कार्यालयका कर्मचारीलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेछ । समान प्रकृतिका काममा समान तलब हुनुपर्नेमा केहीका लागिमात्र आर्थिक लाभ दिनु कानुन तथा प्राकृतिक न्याय विपरीत हो ।

कार्यालय समयभन्दा अतिरिक्त कार्य गर्नुपर्ने भयो भने अतिरिक्त समयको डेढ गुणा र साताको बिदामा काम लगाउँदा दुई गुणा बेसिक तलबमा हिसाब गरी भुक्तानी दिए कर्मचारीले न विरोध गर्छन्, न यो नियम विपरीत हुन्छ । चाहे अख्तियार होस् या न्यायालय या हुलाक सेवा नै किन नहोस्, न्यायिक तरिकाले सेवा गरेबापत सबैले तलब–भत्ता पाउँछन् ।

– केदारनाथ त्रिपाठी, बुढानीलकण्ठ, काठमाडौं

प्रकाशित : माघ ७, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?