२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सांसदको घरभाडा मोह

काठमाडौँ — काठमाडौंमा घर भएकाले घरभाडा बुझेको समाचार पढेपछि लाग्यो, यो देशमा जनताको निस्वार्थ सेवा गर्ने मानिसको अभाव छ । काठमाडौंमा घर भएको बताउने र पाएँ भन्दैमा घरभाडा पनि बुझेर लगिहाल्ने सांसदहरूलाई राम्रैसंँग चिन्नुपर्छ ।

पर्शुराम मेघी गुरुङ, लक्ष्मणलाल कर्ण, तारादेवी भट्ट, चित्रालेखा यादव, नविना लामा, मोतीलाल दुगड, ओनसरी घर्ती, सत्या पहाडी लगायतका सांसदको नाम पढ्दा लाग्छ, पैसा भएपछि जनताको सेवा नगर्दा पनि हुन्छ भन्ने उहांँहरूको मनमा हुनसक्छ ।


महिनाको तलब–भत्तासँंगै निजी सचिवदेखि यातायात, सञ्चार थुप्रै सेवासुविधा दिँदा पनि जनताले पसिना बगाएर तिरेको करमा मोजमस्ती गर्ने कार्य रोकिएन । गाउंँघरमा साँझ खाँदा बिहान के खाउँ भनेर सर्वसाधारणलाई चिन्ता हुन्छ, बालबालिकालाई कसरी विद्यालय पढाउने, न्यानो लुगा कसरी किन्ने भन्ने समस्या छ । सांसदमा भने घरभाडा कसरी कुम्ल्याउने भन्ने चिन्ता देखियो ।

– चन्द्रप्रसाद खनाल, लम्की, कैलाली

प्रकाशित : माघ ७, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?