कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शिक्षित मुस्लिमको रवैया

काठमाडौँ — माघ २४ गते प्रकाशित चन्द्रकिशोरको ‘नेपाली मुस्लिमको मूलबाटो’ले मुस्लिम समुदायको हितको कुरा गरेको छ ।

यसमा विमति राख्नुपर्ने कारण देख्दिन । नेपालमा मुस्लिमहरूको आगमन केही शताव्दी अघि भएको भन्ने छ । मुस्लिमहरू मधेस आन्दोलनमा सहिद भएका छन् र निश्चय पनि आफ्ना हक, अधिकारका अधिकारी हुन् । लेखकले नेपाली मुस्लिमलाई भारतीय मुस्लिमको दुष्प्रभावबाट बच्न सल्लाह दिएका छन् । तर मलाई शिक्षित मुस्लिमहरू त्यसै दुष्प्रभावमा परिरहेको आभास हुन्छ । मेरो गाउँमा पहिले शिक्षाको अभाव भए पनि हिन्दु–मुस्लिमको सौहार्दता प्रगाढ थियो । बुर्का लगाउने पनि चलन थिएन । शिक्षा प्रसारसँगै मेरो गाउँमा पनि बुर्काको चलन बढ्दै गयो । शिक्षाको उद्देश्य पर्दाप्रथा अन्त्य गर्नु हो । तर शिक्षित महिलाले भारत, पकिस्तान र अरबको नक्कल गर्दै बुर्का लगाउन थालेका छन् । यति मात्र होइन, शिक्षित मुस्लिमहरू आफूलाई मधेसी ठान्दैनन् । यो पाकिस्तानको प्रभाव हो । राज्य र प्रदेशले उनीहरूलाई त्यस प्रभावबाट जोगाउनुपर्ने देखिन्छ । मुस्लिमहरूले आफै पनि त्यस प्रभावबाट जोगिनुपर्छ ।
– डा. शिवशंकर यादव, छपकैया, वीरगन्ज

प्रकाशित : माघ २६, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?