बोल्न हतार

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दक्षिण अमेरिकी देश भेनेजुएलामा देखापरेको राजनीतिक संकटबारे दिएको अभिव्यक्तिले राजनीतिक माहोल तातेको छ ।

हाम्रा देशका जिम्मेवार नेताहरूमा देखापर्ने गरेको हतारो अचम्मको छ । केही समय अगाडि चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने क्रममा सभामुख कृष्णबहादुर महराको हतारोले ‘हुन्छ’ भन्नुपर्नेमा ‘हुन्न’ भनेर आलोचित हुनुपर्‍यो । निर्मला पन्त हत्याकाण्डका विषयमा अनुसन्धान १२ वर्ष पनि लाग्न सक्छ भन्दा प्रधानमन्त्री केपी शर्मा ओली आलोचित भए ।
– संजीव पौड्याल, बाहुनडाँगी, झापा

प्रकाशित : माघ २८, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?