कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बेरोजगारी हटाउने प्रयास

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले सुरुवात गरेको रोजगार कार्यक्रमले युवाहरूलाई राहत मिल्नेछ ।

देशका सक्रिय जनसंख्या (१५–५९ वर्ष) समूहका ५६.९ प्रतिशत छन् । तीमध्ये धेरैले रोजगारी नपाएर भौंतारिनुपरेको स्थिति छ । धेरै युवा थोरै पैसा कमाउन पनि मलेसिया र अरब गइरहेका छन् । स्थानीय तहदेखि नै सुरु हुने रोजगार कार्यक्रमले युवाहरूलाई देशमै अडाउनेछ । तिनको सीप, क्षमता र जाँगरको आधारमा आफ्नै माटोमा पसिना बगाउन पाउनेछन् । कार्यक्रम नियमित र पारदर्शी होस् । युवाहरूले बेरोजगारी र बेचैनीबाट मुक्ति पाउने यस कार्यक्रमलाई सबै मिलेर सफल पार्नुपर्छ ।
– रञ्जना खड्का (कुवँर), धनगढी–१, कैलाली

प्रकाशित : फाल्गुन ३, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?