कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कार्यान्वयन निराशाजनक

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारको एकवर्षे कार्यकाल औसत मान्नुपर्छ ।

चुनावी नारा, घोषणापत्रमा गरेका वाचा र जनताले गरेको विश्वासको दृष्टिकोबाट हेर्दा अवस्था निराशाजनक छ । सरकारको दैनिक कार्यशैली सन्तोषजनक दैखिँदैन । जस्तो– महङ्गी नियन्त्रणमा ध्यान नजानु, जनताको शान्ति सुरक्षाको मामलमा गम्भीर नबन्नु तथा न्याय गर्न नसक्नु, विभिन्न आर्थिक घोटालामा मन्त्रीहरू मुछिनु, तर कारबाही नहुनु । सरकारले अघि सारेको सामाजिक सुरक्षा कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रम सकारात्मक छन् । कार्यान्वयनको पक्ष कस्तो
हुने हो, त्यो हेर्न बाँकी छ ।
– संजीव पौड्याल, बाहुनडाँगी, झापा

प्रकाशित : फाल्गुन ३, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?