२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

चाउरिएको ‘जनयुद्ध’ दिवस

कान्तिपुर संवाददाता

काठमाडौँ — तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि खुम्चँदै गएको ‘जनयुद्ध’ दिवस अन्तत: चाउरी पर्नथालेको छ ।

संस्थापक माओवादी अहिले ५ टुक्रामा विभाजित छ । त्यसै ५ टुक्रा मध्येको एक टुक्रा अहिले तत्कालीन एमालेमा विलय भएर नेकपाका रूपमा आफूलाई चिनाउन प्रयत्न गर्दैछ । पार्टी एकीकरण भएको भनिए पनि अन्तत: तत्कालीन एमालेका नेताहरूको व्यवहारले यसलाई विलय नै हो भन्न बाध्य पारिदिएको छ । यतिबेला नेकपाका अध्यक्षद्वयको सहमतिमा मनाउने भनिएको ‘जनयुद्ध’ दिवसमा प्रधानमन्त्री लगायत तत्कालीन एमालेका शीर्षस्थ नेताहरू उपस्थित नभएपछि ओली सहितका पूर्वएमाले खेमाले ‘जनयुद्ध’लाई स्वीकार गरेको रहेछ कि रहेनछ भन्ने प्रस्टिएको छ । ‘जनयुद्ध’को चर्को आलोचक केपी शर्मा ओली नै थिए । अहिले उनै ओली त्यसैको नेतृत्व गरेको पार्टीसँग हेलिन बाध्य हुनु उनको चुनावी जित र प्रधानमन्त्री बन्ने रणनीति थियो, जसमा उनी सफल भए । ओलीले आफ्नो पहिलोपटक प्रधानमन्त्री भएको कार्यकालमा विकासमा देखाएका केही कुराले उनलाई यो ठाउँमा पुर्‍याएकोमा कुनै द्विविधा छैन । जब ओली अहिलेको अवस्थामा पुगे, अब उनलाई सबै कुराले पूर्णता भएको महसुस भएको छ । त्यसैले उनलाई अब पार्टी फुटे पनि कुनै चिन्ता नरहेको बुझिन्छ । यद्यपि प्रचण्डका पछिल्ला अभिव्यक्ति ओली विरुद्ध आउन थालेका छन् । प्रचण्ड ओली विरुद्ध खनिनु र ओली ‘जनयुद्ध’ दिवसमा सहभागी नहुनुलाई सामान्य रूपमा मात्रै लिन हुँदैन । किनकि पार्टी एकीकरणको वर्षगाँठ पुरा नहुँदै खटपट सुरु हुनुलाई सामान्य अर्थमा लिँदा राजनीतिक दुर्घटना हुनसक्छ । आफंैले आयोजना गरेको कार्यक्रमा आफै अनुपस्थित हुनुलाई कुन अर्थमा लिने ? यसले नेकपाभित्र चरम आक्रोश छ भनी बुझ्दा अतिशयोक्ति नहोला ।
– सुजन देवकोटा, पालुङटार–४, गोरखा

प्रकाशित : फाल्गुन ३, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?